साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोसाक महात्म्य

फरिया चोली दोहोरीतिर हिल जुत्ताले पिरथी गाँस्छन् । बिचरा कछाड घलेकको खोजीमा सुईअ सास फेर्छ । जमाना समानुपातिकको भयो हजुर जाबो इष्टकोटको उर्दी कसले टेर्छ ?

Nepal Telecom ad

तिलकराज पौडेल :

साडीले संक्षेपीकरण गर्दै मिनी स्कट बनेछ ।
अपाङ्ग इस्टकोट अतास्सिदै आईलभ यू भनेछ
सुरूवालले आत्महत्या गर्न इँजार टनटनी कसेछ ।
उलन सटले थाहा पाई म्याक्सीलाई दुई चड्कन कसेछ ।
नारी दमनको बिरूद्धमा ब्लाउजको बैठक बसेछ ।
ठीक त्यसैवेला कालोटोपी अनुगमन भनेर पसेछ ।
धरधरी चिरिएको पिरले कुर्था मुर्छा परिछन् ।
पारदर्शिताको ध्वाँस दिँदै सल अलि तल झरिछन् ।

उता मोजा सुरक्षा खोज्दै कालो बुटको खोजीमा
पाएल चप्पल टुलुटुलु हेर्छ ।
तनेभोटो पसिना चुहाउँदै सुईअ सास फेर्छ ।
दौरा सुरूवाल सिंहदरवारतिर
कोटले चलाखी खेलेछ ।
कहिले सट कहिले सुट गोरो टाईले एमसिसी पेल्छ ।
गलबन्दीको मात्र हैन हजुर छत्रे टोपीको पनि खेल छ ।

छिमेकी पाईजामा लिपुलेक जोत्छ ।
के हेरेर बस्याछस् ढाकाटोपी भनेर चाङ्ची सोध्छ ।
सेण्डो गन्जी भित्रभित्रै मुरमुरिन्छ कट्टु जिल्ल पर्छ ।
पकेट रूमालले शान्ति शान्ति भनेको कल्ले सुन्ने गर्छ ।
नङपालिसको अव्यवहारिक आरक्षण
पेटीकोटको तेत्तिस पर्सेन्ट
गणतन्त्रले ढपक्क ढाक्दा
संसद हलमा कुर्ची उठ्दा चुरा फुट्दा
लिपिस्टिक मुसुक्क हांस्छन् ।
फरिया चोली दोहोरीतिर
हिल जुत्ताले पिरथी गाँस्छन् ।

बिचरा कछाड घलेकको खोजीमा सुईअ सास फेर्छ ।
जमाना समानुपातिकको भयो हजुर
जाबो इष्टकोटको उर्दी कसले टेर्छ ?

०००
रत्ननगर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई के रोग लाग्यो कुन्नि ?

मलाई के रोग लाग्यो...

तिलकराज शर्मा पाैडेल
पूरक बजेटमा पार्टीको प्रभाव

पूरक बजेटमा पार्टीको प्रभाव

तिलकराज शर्मा पाैडेल
पोसाक माहात्म्य

पोसाक माहात्म्य

तिलकराज शर्मा पाैडेल
फुटकर फाँकीहरू

फुटकर फाँकीहरू

तिलकराज शर्मा पाैडेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
नेतृत्व

नेतृत्व

नदी भट्टराई
कुम्भकर्ण

कुम्भकर्ण

लोक सुब्बा
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x