साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए छिमेकी !

ए छिमेकी तिम्रो त्यो कुकुर ? तिम्रो अहमको प्रतिबिम्ब तिम्रो नवधनाढ्य सानको परिचायक मेरो कमजोर घरको भित्ता चर्किनेगरि मेरो अभावमा बाँचेको मुटु थर्किनेगरि भुकिरहन्छ रातभर ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

ए छिमेकी !
तिम्रो कुकुर रातभरि करायो
मेरो निन्द्रा रातभरि हरायो
तिम्रो निकम्मा सोखको लागि
मेरो अमूल्य सपनाको बली चढाउनुपर्ने ?

तिमी मात्रै होइन
तिम्रो त्यो कुकुर पनि मापाको रहेछ
ठ्याक्कै तिम्रै जुठो खाको रहेछ
भलादमी कर्मचारी नेता भेटे पाउमा जाँदोरहेछ
सोझा साझा झुत्रे झाम्रे निर्धा निमुखालाई
बार्दलीबाटै सात्तो खाँदोरहेछ
तिम्रो स्वोर चिन्छ तर चोर चिन्दैन
बलिया पाखुरालाई पुच्छर हल्लाउँछ
तर कमजोर चिन्दैन

ए छिमेकी तिम्रो त्यो कुकुर ?
तिम्रो अहमको प्रतिबिम्ब
तिम्रो नवधनाढ्य सानको परिचायक
मेरो कमजोर घरको भित्ता चर्किनेगरि
मेरो अभावमा बाँचेको मुटु थर्किनेगरि
भुकिरहन्छ रातभर
तिम्रो निकम्मा सोखको लागि
मेरो अमुल्य सपनाको बली चढाउँनु पर्ने ?

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x