साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुसिल्किराहरू !!

देखे सतर्क ! भेटे कालो कमलपन्जा मुख थिच्नोस् शरीर मिच्नोस् नजिक परे पर फाल्नोस् अभिशप्त हुन्छन् सधैँ सबै असलका लागि -यी झुसिल्किराहरू !!

Nepal Telecom ad

कलानिधि दाहाल :

काला
तिखा
केही नभएजस्ता
जति सर्यो त्यति
झपक्क हल्लने
कालो छाता ओढेको
खुङ्खार अपराधी
तर भद्र पुरुषजस्तै बनेर
ढलक्ढलक
बाटामा ढल्किरहेछन्
-झुसिल्किराहरू !
जिउ सानो
रौँहरू नरम
ओढ कालो
दाँत देखउन्नन्
देखे आँखा रमाउने
मनको इशारा चाहने
मस्तिष्क
यसै पनि लोभी न हुन्
हातले
थपक्क आदेश मानेपछि
आश्चर्य मान्नै पर्दैन
जिब्रोबाट अमृत चुहेर
मनमा नअटेको
विषको घैँटो फुटाउँदै
-घरपरिवारमा
-छरछिमेकमा
-समाजसौजन्यमा
-देशदेशावरमा
अझ पर फैलिदै
विराट् विश्वसम्म दौडको
-घरअपराधीझैँ
-ग्रामअपराधीझैँ
-झोलेटोले अपराधीझैँ
-नेताकार्यकर्ता अपराधीझैँ
-निरङ्कुश तानाशाह
-जह्लाद अपराधीझैँ
वन फाँडेर
धन नाँस्ने
-अदेख अपराधीझैँ
सर्वत्र काला रौँ ठड्याएर
-कालकुट अपराधीझैँ
मुन्टो उठाएर
बन्दूकको नाल खुल्ने
-माओगीत गायक अपराधीझैँ
बुट्टावृक्षमा अग्लिरहेछन्
-झ्यायझुसिल्किराहरू!
घरमुली झुसिल्किरो
-परपत्नी पल्किरहेछ
टोलेझोले झुसिल्किरो
-मानवतस्कर जाम थुप्रिरहेछ
देशदेशावरको झुसिल्किरो
-अदेख फटेङ्ग्रो उफ्रिरहेछ
विराट्विश्व झुसिल्किरो
-कनजलपेट्रियोट पड्किरहेछ
विश्वास बिथोल्ने झुसिल्किरो
मिदास बनेर मित्रजस्तै
-धनलोभ चास्नी चुस्करहेछ
नदेखे ठिकै छ
देख्नु भो भने
सज्जनहरू!
मित्रभलादमीहरू!
कालो कम्मल बेरेर
सेता हातका पन्जामा
झुसहरू
यसरी रगड्नोस्
न मनमानसको झुसिल्किरो
रौँ उचालेर
-पन्जा बिझ्न पाउँछ
न मुख बाएर
-र्याल पोत्न पाउँछ
न खुट्टा तानेर
-विष फैलन पाउँछ
न पात छिद्रा पारेर
-प्रदुषण पोख्न भ्याउँछ
झुसिल्किरो
शरीरले कालो होस्
वा गोरो
नाताले बाबू होस्
वा छोरो
पति होस्
वा मोरो
सहोदर दिदीबैनी होस्
वा टीका पहिरेकी भगिनी
कुनै कसैको
-जातथर हुन्न
-आडभरोसा भर पनि हुन्न
देखे सतर्क !
भेटे कालो कमलपन्जा
मुख थिच्नोस्
शरीर मिच्नोस्
नजिक परे
पर फाल्नोस्
अभिशप्त हुन्छन्
सधैँ
सबै असलका लागि
-यी झुसिल्किराहरू !!

०००
कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x