साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकास

अनुगमनको मोटो रकमी डस्नामाथि बसेर अवसरको माल पल्टाउँनेहरू अरुलाई अवसरवादीको विल्ला लगाउँदैछन् गाली गर्दैछन् चिच्याउँदैछन् देश त परिवर्तन भैसक्यो कान्छा ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

ए !
तिमी अझै रातीसम्म
ओछ्यानमा ढल्केर कविता कोर्दैछौ ?
देश त परिवर्तन भैसक्यो कान्छा !
विकास धेरै अगाडि गैसक्यो कान्छा !

यहाँ अब पोथीहरू
नाथे बीस रुपियाँको अण्डाको लागि
आफ्नू फिगर नबिगार्ने भैसके
सयौं भालेहरू आफ्नू भाउ बढाउँन
हजारौं चल्ला मार्ने भैसके
खसीहरू खस्किन थालिसके
बोकाको भाउ बढेको छ
बार्दलीदेखि सडकसम्म कुकुरको जुलुस छ
भान्सामा प्याजको गर्मी चढेको छ
यहाँ देश परिवर्तन भैसक्यो कान्छा !
विकास धेरै अगाडि गैसक्यो कान्छा !

संसदमा छिर्नुभन्दा पहिले
सरकारको बजेट चिया पसलभित्र छिर्छ
सन्धि सम्झौताका अदृश्य फाइलहरूले
मध्यम वर्गीयहरूलाई पिर्छ
यहाँ संसद बस्नुभन्दा पहिले
भट्टीभित्र निणर्य गरिन्छ
हुन्छ भन्नेहरू हुन्न भन्नेहरूमाथि
हुन्न भन्नेहरू हुन्छ भन्नेहरूमाथि
असमयमै हात उठाउँछन्
यहाँ जित्नेहरू हार्नेको सरमाथि बोतल फुटाउँछन्
देश त परिवर्तन भैसक्यो कान्छा !

चितुवा समाउँन बाख्राको पासो थापिन्छ
किसानको बाख्रा टोक्ने बेवारिसे कुकुर मार्दा
पशु अधिकारवादीहरूको लेख छापिन्छ
आदर्शका किताबहरू पढीनभ्याउँनु छ
आजभोलि सबैतिर
कागजी घोडा दौडिंदैछन्
भत्किएको सडकमा टक टक टक ।

कार्यपत्र
योजना
गोष्ठी सेमिनार
खरिद खाजा
अतिथि सत्कार
ब्याज खादा माला मारामार
बोराका बोरा प्रिन्टेड उपलब्धि
विकास त भैसक्यो कान्छा !

पिकनिक पार्टी भोज
आज यहाँ भोलि वहाँ भ्रमण खर्च
फोटो फ्रेम तथाकथित सम्मान
आजभोलि सबैतिर
कागजी घोडा दौडिंदैछन्
नक्कली किसानहरू
खादा मालामा सजिएर
प्लाष्टिकका फूलहरू फुलाउँदैछन्
हाइब्रिड काउलीका किराहरू जस्तै
बेमौसमी लार्भा कोरल्दैछन्
सरकारी नम्बरवाला गाडीका चक्काहरूले
तेलको फित्ता फुकाएर
योजनाको किताब नाप्दैछन्
धेरैपल्ट नाच्न नजानेको अभिव्यञ्जनामा
उपलब्ध आँगनलाई सराप्दैछन् ।
अनुगमनको मोटो रकमी डस्नामाथि बसेर
अवसरको माल पल्टाउँनेहरू
अरुलाई अवसरवादीको विल्ला लगाउँदैछन्
गाली गर्दैछन्
चिच्याउँदैछन्
देश त परिवर्तन भैसक्यो कान्छा ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x