साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाढे

मरिच र डल्ले खुर्सानी पीरो हुन्छन् । सुरुमा यी ठिकै अवस्थाको भए पनि आन्तरिक राग बढ्दै गएपछि चाउरिदै जान्छन्, यति चाउरिन्छन कि यिनको आकृति नै परिवर्तन हुन्छ । डाढ भन्ने चिज पनि त्यस्तै हो ।

Nepal Telecom ad

अशोककुमार शिवा :

हामी जहिले पनि आफ्नो र आफ्ना मात्रै हेर्छौ । आफ्नो पनि स्व-आफ्नो, अन्तर-आफ्नो अनि सेरोफेरो आफ्नो । आफू सर्वनाम र प्रथम पुरुष एक बचन जनाउने शब्द हो । त्यसैले आफू भन्नासाथ आफ्नै वरिपरी मात्रै भन्ने त बुझिने नै भयो ।

आफूसँग अरु वा अन्य त सुरुसुरुमा मात्रै आउने हो । जब अरु वा अन्यबाट आफू सम्पन्न भइन्छ तब अरु र अन्य गौण हुने गर्दछन् । जब अरु र अन्य गौण हुन थाल्छन तब बुझ्नुपर्छ कि आफू अब पूणर्रुपेण आफू भैसकियो । त्यस पछि त न तिमी न तिम्रो सबै मेरो आफ्नो ।

राम्रो आफ्नो नराम्रो तिम्रो । बलियो आफ्नो निर्धो तिम्रो । सुन्दर आफ्नो कुरुप तिम्रो । मिठो आफ्नो नमिठो तिम्रो । गुण आफ्नो बैगुण तिम्रो । उन्नति आफ्नो अवन्नति तिम्रो । प्रगति आफ्नो दुर्गति तिम्रो । जस आफ्नो अपजस तिम्रो । राम्रो जनाउने जति सबै आफ्नो । अर्कोको राम्रो देख्नसक्ने क्षमता कसैमा नहुनु कुनै आश्चर्य त होइन । तर यस्तालाई डाढे उपनाम दिन सकिन्छ ।

डाढेहरू आफू त केही गर्दैनन् नै अरुले गरेको कामकुरालाई पनि कहिल्यै जसयुक्त भाषाको प्रयुक्ति गर्दैनन् र उसको प्रशंसा अरुले गरेको पनि सुन्न सक्दैनन् । यिनलाई आँखा मर्काउन, ओठ लेप्र्याउन, मुन्टो बटार्न र खुट्टा बजार्न मात्रै आउँछ । अर्काले गरिखाएको देखिनसक्नु पनि कुनै मानव धर्म हो ? कसैले तैँले करोड खाइस् भन्दा कहाँ करोड मात्रै अरबै खाएको हो नि भन्छ भने त्यो मान्छेलाई बेईमान कसरी भन्ने ? बिचराले वास्तविकतालाई पुष्टि गर्न त कमसेकम हिम्मत गर्‍यो ।

फलानोले जहाज चडेर उडेछ भनेर नाङलो बाँधेर छतबाट फालहाल्नु जत्तिको बुद्धिमत्ता अरु के होला ? पल्लाघरेले हात्ती चडेछ भनेर आफ्नो घरको धुरी चडेर हातमा लौरो लिनु कतिको नाजायज होला ? इमान्दारिता कहिल्यै डाढसँग जोडिएर बस्न नसक्नु अर्को आश्चर्य । हुन त डाढ भनेकै बेईमानी न हो । ईमानजमान भएको भए डाढ भन्ने शब्द नै भेटिन्न थियो होला ।

फलानोले यो जिम्मेवारी पायो, चिलानोले त्यो जिम्मेवारी पायो आफू उसको अरनखटनमा परियो भनेर बटारिनु पनि डाढको अङ्ग नै हो । जसले जिम्मेवारी पायो ऊ पनि अर्कोलाई हेरेर प्रफुल्ल मुद्रामा खुच्चिङको शैलीमा प्रस्तुत हुनु पनि डाढ नै हो । हुन त डाढले केही खुइल्याउन सक्दैन । खुइल्याउन त कि आफू उम्लिएको पानीको तापक्रममा हुनुपर्‍यो, कि त धारिलो छुरी झै हुनुपर्‍यो । छोयो भने बरफ जस्तै चिसो हुने र छाम्दा भुत्ते छुरीको धार झै हुनेले डाढ गरेर केही हुँदैन ।

मरिच र डल्ले खुर्सानी पीरो हुन्छन् । सुरुमा यी ठिकै अवस्थाको भए पनि आन्तरिक राग बढ्दै गएपछि चाउरिदै जान्छन्, यति चाउरिन्छन कि यिनको आकृति नै परिवर्तन हुन्छ । डाढ भन्ने चिज पनि त्यस्तै हो । डाढले पनि कालान्तरमा आफैलाई चाउरियाउने नै हो । अन्तमा भन्नुपर्दा, डाढे र साँढें उस्तै हुन् ।

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x