साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा ! (काव्यांश- ५)

आइस् के कसरी ? भनी सकसले बोलेर सोद्धा अझ । छाती दर्द बढी भयो छटपटी केके सुझाऊँ अब ? पाएका जति कष्ट हुन् हृदयमै छोपेर ढाँटेँ अनि । आएँ सर्सर सौख्यमै सहजले खोजेर पोखेँ पनि ॥

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

आफ्नाझैँ जति कष्ट छन् तनयले झेल्नै नपर्ने पथ ।
खोज्ने नित्य अनेक कर्म बलले पारेर पक्का रथ ॥
अग्ला श्रेष्ठ रहून् स्वसन्तति गमी बाँच्ने कला बाँड्दछन् ।
छातीका भय,द्वन्द्व फ्याँक्न श्रमले दुर्भावना फाँड्दछन् ॥३५॥

पापी रोग पसेर डस्छ अहिले बाबा भनेको सुनी ।
लाग्यो छालसमान हल्लन हियो नौलाख तारा मनि ॥
आफैँ रुग्ण थिएँ थिएन बह क्यै बाबा दुखेको सुनी ।
छाती ढक्ढक धढ्कियो भय लिई चिन्ता अनेकौँ बुनी ॥३६॥

पैले ता मन वायुयानतिर गो जाऊँ यसैमा घर ।
सोधेँ बन्द उडान भो भनिदिए थप्दै झमेला दर ॥
जाँदा हायस सोध्न छैन सिट ता लौ बस्नको लायक ।
खोज्दै मोटरमा पुगेँ सिट मिल्यो होला कि झैँ पायक ॥३७॥

आफ्नो ख्याल रहेन चञ्चल बनी के हाल होलान् भनी ?
जाने भेट्न भनेर तर्खर गरेँ सन्ताप पोको बनी ॥
गाडी खोज गरेँ पुगिन्छ कि छिटो भन्ने बिचारेँ तर ।
ज्यादै बेर भयो बढी भुटभुटी पुग्दैन गाडी घर ॥३८॥

गाडी गुड्छ सही रहोस् समय ता गुड्दैन मेरो मन ।
बाटाबाहिर दृश्यमा मन कतै अल्झन्न खोला वन ॥
पुग्ने मात्र हतार बढ्छ मनमा बेला अबेला बनी ।
बज्दा बाह्र इलाम पुग्न सकियो एकेक बेला गनी ॥३९॥

ओर्लेँ चोक बजारमा अनि हिँडे बस्थ्यो जहाँ मोहन ।
जाऔँ साथ भनी कुरेर घरमा बाटो विचारीकन ॥
पुग्दा ठिक्क छ खान दाइ घरमा खाएर जाऔँ भनी।
इच्छा जान थियो कुरेँ सँगसँगै खाएर लाग्यौँ अनि ॥४०॥

हामी बाइकमा गयौँ सरसरी पुग्दा बजेको दुई ।
आए सर्सर सम्झना मगजमा रम्थेँ म चढ्दा बुई ॥
ऐले रोग पसेर लुछ्दछ  हरे ! पीडा बिसाऊँ कहाँ ?
पोलेको मन जाकियो सकसमा घोच्दै दुखायो त्यहाँ ॥४१॥

पर्दा दृष्टि मुहारमा सकस भो आक्रान्त सोला दियो।
आत्मा शान्ति लुट्यो सबै बल टुट्यो घोचेर नौनी हियो ॥
के बोलौँ मन अल्झियो सकसले गाँठो परेझैँ भयो ।
बोली सुन्न थियो हतार बहुतै थिच्थेँ डरेको हियो ॥४२॥

आइस् के कसरी ? भनी सकसले बोलेर सोद्धा अझ ।
छाती दर्द बढी भयो छटपटी केके सुझाऊँ अब ?
पाएका जति कष्ट हुन् हृदयमै छोपेर ढाँटेँ अनि ।
आएँ सर्सर सौख्यमै सहजले खोजेर पोखेँ पनि ॥४३॥

आफ्ना दर्द लुकाउँदै सकस के ? मेरा बुझेका छिन ।
लाग्यो दुःख बडो विशाल बह त्यो आफ्नो भुलेका किन ?
बोल्दै दुख्छ अवश्य वक्ष उनको छोपेर बोलेपछि ।
बिग्र्यो अन्तर हाल यो हृदयको सङ्कष्ट घोलेपछि ॥४४॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x