साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुभक्त

विभिन्न काव्य क्षेत्रमा, सुकीर्ति छर्न तम्सिए । बनेर आदि शक्तिका, सशक्त बन्न लम्किए ॥ विशिष्ट वाक्य भावका, विभिन्न छन्द रागका । ल भानुभक्त नम्य हुन्, समग्र राष्ट्र बागका ॥

Nepal Telecom ad

के.पी.पौडेल 

उदार भानु जन्मिए, रचेर काव्य चम्किए ।
डुबेर काव्य शक्तिमा, रमेर भानु लम्किए ॥
कथेर काव्य छन्दमा, विकास गर्न तम्सिए ।
सुभाव दिव्य ज्ञानले, सुकर्म छर्न लम्किए ॥-१

बुझेर सुत्र भाष्यको, कथेर काव्य रामको ।
सचित्र कोर्न तम्सिए, गरेर ध्यान श्यामको ॥
लिएर सोच उच्चको, सुवास छर्न उत्रिए ।
ल भानुभक्त दीप हुन्, प्रकाश छर्न झुल्किए ॥-२

मिठास वाक्य पङ्क्तिले, समग्र काव्य जन्मिए ।
समाज सर्वपक्षको, सुधार गर्न तम्सिए ॥
मिलेछ ज्ञान कर्मको, खुलेछ मार्ग धर्मको ।
ल भानु पूणर्चन्द्रझैँ, भए नि भक्त देशको ॥-३

भएर नाति कृष्णको, पिता मिले धनन्जय ।
प्रभात छर्न तम्सिए, बनेर धीर सञ्जय ॥
समग्र भाष्य तर्फको, मुहार फेर्न लम्किए ।
ल भानुभक्त नेत्र हुन्, प्रदीप्त बन्न तम्सिए ॥-४

विभिन्न काव्य क्षेत्रमा, सुकीर्ति छर्न तम्सिए ।
बनेर आदि शक्तिका, सशक्त बन्न लम्किए ॥
विशिष्ट वाक्य भावका, विभिन्न छन्द रागका ।
ल भानुभक्त नम्य हुन्, समग्र राष्ट्र बागका ॥-५

लिएर दिव्य भाव त्यो, बनेछ सौम्य एकता ।
मिठास वाक्य सूक्तिले, मिलेछ भाष्य सभ्यता ॥
विवेक ज्ञान शिल्पका, समस्त वर्ग जातका ।
ल भानुभक्त सान हुन्, समाज राष्ट्र बागका ॥-६

०००
विदुर, नुवाकोट
हालः बालाजु, काठमाडौं
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x