साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोखराको बाटो

सुत्केरी हुन हतारमा अस्पताल गुडायो, हल्लिएर गाडी, बच्चा बाटामै जन्मिन्छ दही मथ्न न मदानी चाहिने, नानी जन्माउन न प्रसूतिगृह चाहिने बाटो त बाटो पोखराको बाटो पो बाटो !

Nepal Telecom ad

विश्व शाक्य :

बाटो त बाटो
पोखराको बाटो पो बाटो !
बाटो हिँड्न थालेपछि
न घुमाउनुपर्ने जाँतो
न खानुपर्ने आँटो
जता गयो धुलो,
जता गयो माटो
बाटो त बाटो
पोखराको बाटो पो बाटो !

यता फाल्यो, उता टाल्यो
उता टाल्यो, यता हाल्यो
कतै ढुङ्गै ढुङ्गा,
कतै माटै माटो
बाटो त बाटो
पोखराको बाटो पो बाटो !

पोखरानगरी सुन्दरनगरी
स्वास्थ्य, शिक्षा र पर्यटननगरी
हिउँदभरि धुलै धुलो
वर्षाभरि हिलै हिलो
फेवाताल, वेगनासताल र केके ताल !?
बाटाभरि पनि तालैताल
पदयात्रीहरूको हाल बेहाल
बाटो त बाटो
पोखराको बाटो पो बाटो !

नेताहरूले खनेका खाल्टा के खाल्टा ?
पोखराका बाटाका खाल्टा पो खाल्टा
काङ्ग्रेसलाई जाके पनि हुने
कम्निस्टलाई जाके पनि हुने
वर्षात्का बेला,
विकासे माछा पाले पनि हुने
साहू महाजनले
ढलको निकास फाले पनि हुने
उस्तै परे,
र्‍याफ्टिङकै प्रशिक्षण थाले पनि हुने
बाटो त बाटो
पोखराको बाटो पो बाटो !

बिहानै साइतमा दही खाएर निस्क्यो
गाडीमा हल्लिँदा हल्लिंदा
मुखभरि नौनी निस्कन्छ
सुत्केरी हुन हतारमा अस्पताल गुडायो,
हल्लिएर गाडी,
बच्चा बाटामै जन्मिन्छ
दही मथ्न न मदानी चाहिने,
नानी जन्माउन न प्रसूतिगृह चाहिने
बाटो त बाटो
पोखराको बाटो पो बाटो !

एउटा खाल्टो छल्यो
अर्कामा जाकिन्छ
अर्को खाल्टो छल्यो
फेरि अर्कामा जाकिन्छ
जाकिँदा जाकिँदा
यति विघ्न जाकिन्छ
भरे जाकिनै नसक्ने गरी थाकिन्छ
जता हेर्‍यो टाटो
बाटो त बाटो
पोखराको बाटो पो बाटो !

०००
‘यमराजको निम्तो’ (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x