साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईंको अन्तर्वार्ता हेरेँ

बन्न चैं सँधै माझवादी बन्नुहुन्छ यता पनि ठिक्क उता पनि ठिक्क धेरैपल्ट फुस्किएको इँजार बाँध्दा बाँध्दै कति भैसके दिक्क अभिशप्त आशंकाहरूले आफैंलाई बेरेँ नि मैले तपाईंको अन्तर्वार्ता हेरेँ नि !

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

मैले तपाईंको अन्तर्वार्ता हेरेँ नि !
कति मिठो अभिनय
अभिनेता र नेता उस्तै लाग्ने गरी
कति नढाँटिकन ढाँटेको
कति नछलिकन छलेको
मैले तपाईंको अन्तर्वार्ता हेरेँ नि !

कति चट्ट पर्नु भा को पनि
कति झट्ट गर्नु भा को पनि
नेपाली खाँडीको दौरा सुरुवालभित्र
पराया मुटु कति राम्ररी छोप्नु भा को
शब्दका छद्मभेषी सुईराहरूले
राष्ट्रिय मर्महरूमा नजाँनिदो रोप्नु भाको
मैले तपाईंको अन्तर्वार्ता हेरेँ नि !

कुटिल मुस्कानको नजानिंदो पाराभित्र
बटुलिएका शब्दका सारगर्भित इसाराभित्र
हामी पछारिएको नमिठो अनुभुतिको स्वाद पिएर
भविष्यका कहालीलाग्दा सन्त्रासहरू लिएर
टेलिभिजनको पर्दाअघि ऐठन मिश्रित श्वास फेरेँ नि
मैले तपाईंको अन्तर्वार्ता हेरेँ नि !

हजुर ! तपाईं त आफैं बन्नुभाको होइन रहेछ
अरुले नै सिकाइदिएको
आफैंले नै त भन्नुभाको होइनरहेछ
एउटालाई धम्की दिन अर्काको नाम लिनुहुन्छ
स्वार्थको पसारा पोखी जोसँग नि काम लिनुहुन्छ
भन्नलाई त आफूलाई समाजवादी भन्नुहुन्छ
बन्न चैं सँधै माझवादी बन्नुहुन्छ
यता पनि ठिक्क उता पनि ठिक्क
धेरैपल्ट फुस्किएको इँजार
बाँध्दा बाँध्दै कति भैसके दिक्क
अभिशप्त आशंकाहरूले आफैंलाई बेरेँ नि
मैले तपाईंको अन्तर्वार्ता हेरेँ नि !

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x