तीर्थराज अधिकारीमेरै पैसा पो…?
मैले भनेँ- “पहिले म एक्लै थिएँ, पछि मेरो विवाह भयो, एउटा बच्चा पनि छ । त्यसैले भिक्षा घटेको हो महाराज ! घरबार चलाउन पनि त पर्या छ नि !”

तीर्थराज अधिकारी :
जेनतेन एउटा सानो व्यवसाय सञ्चालन गरेको थिएँ । नौलो ठाउँ र नयाँ सुरुवात भएकोले ग्राहकहरू धेरै थिएनन् । व्यवसाय फस्टाउन सक्ने कुरै भएन ।
एकदिन पसलको सटर खोलेकोमात्र के थिएँ, अलख जयशंकर ! भन्ने आवाज सुनेँ । बिहानै आएको जोगीलाई केही दिऊँ जस्तो लाग्यो । यसो कन्तुरमा हेर्दा केही खुजुरा पैसा र एउटा रु. ५०० को नोट रहेछ । एका बिहानै जोगीलाई भिक्षा दिँदा लक्षण लाग्ला कि भन्ने मनसाय आयो । त्यही नोट कमण्डलुमा खसाली दिएँ ।
केही महिनाको अन्तरालपछि आउँदा रु.३०० दिए जस्तो लाग्छ । हिँजो आउँदा भने रु. १०० मात्र थमाएको हुँ । यसमा भने जोगीले जिज्ञासा राखे ।
“साहुजी, किन तपाईंले यसरी भिक्षादान घटाउँदै जानु भएको ?”
मैले भनेँ- “पहिले म एक्लै थिएँ, पछि मेरो विवाह भयो, एउटा बच्चा पनि छ । त्यसैले भिक्षा घटेको हो महाराज ! घरबार चलाउन पनि त पर्या छ नि !”
जोगीले भनिहाले- “त्यसो भए मेरै पैसा पो घरबार चलाउन लगाएका छौ ?”
०००
Subscribe
Login
0 Comments
Oldest





































