साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माला मञ्च र माईक

देशको चिन्ता गरिरहेको एउटा नागरिकलाई सोधें देशको अग्रगमनको बाधक के हो ? उसले निधार खुम्च्याएर दिक्क हुँदै भन्यो माला मञ्च र माईक ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

जीवनको अस्ताचलमा पुग्नुभएका
श्रद्धेय नेताजीलाई सोधें
अन्तिम इच्छा के छ हजुर !
वहाँले थर्थराउँदै भन्नुभो
माला मञ्च र माईक ।

ठेकदार व्यापारी र कर्मचारीको टिकटमा
विदेश भ्रमण गर्नेहरूलाई सोधें
तपाईंको पावर के छ हजुर !
वहाँले छाती फुकाउँदै भन्नुभो
माला मञ्च र माईक ।

राजनीतिको पहिलो यात्रामा
पाइला राखेको युवालाई सोधें
तपाईंको लक्ष के हो ?
उनले दृढ हुँदै भने
माला मञ्च र माईक ।

देशको चिन्ता गरिरहेको
एउटा नागरिकलाई सोधें
देशको अग्रगमनको बाधक के हो ?
उसले निधार खुम्च्याएर दिक्क हुँदै भन्यो
माला मञ्च र माईक ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x