साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमस्कार प्रथा खारेज होस्

सायद अचेल जमानाले गर्दा होला केही पापी, घाती, भ्रष्टाचारी, बलात्कारी सबैलाई नमस्कार गर्न बाध्य हुनुपरेको छ, पावर तिनकै हातमा हुन्छ । पदमा तिनै हुन्छन् । जानीजानी हत्याराहरू लाई नमस्कार गरौं ? तस्करहरूलाई नमस्कार गरौं ? पतितहरूलाई नमस्कार गरौं ?

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

तपाईंको बानी पनि मेरो जस्तै जस्लाई पायो त्यसैलाई नमस्कार गर्न हात नउठ्ने खालको छ भने आजैबाट त्यस्तो बानी सुधार गरिहाल्नुहोस् । अन्यथा तपाइँका आफ्नै मान्छेले समेत तपाईंलाई चिन्न छोड्ने छन् । मान्छे चिन्ने कसी हो नमस्कार । नमस्कार प्रथा खारेज नगरुन्जेल नमस्कार गर्न छोड्नु भयो भने तपाईं सङ्कटमा पर्न कत्ति पनि बेर छैन । आखिर नमस्कार भित्र के छ त्यस्तो चमत्कार ?

कुरै गर्ने हो भने,नमस्कार गर्नपनि शास्त्रीय विधि र विधान अनुसार चल्नु पर्ने हुन्छ । नमस्ते सम्बन्धमा व्याघ्रपाद स्मृतिमा स्पष्ट उल्लेख गरिएको छ । जस अनुसार पति प्राण घाती, गर्भपतन गरेकी स्त्री एवं पाखन्डी, पापी, यज्ञोपवीतको अपमान गर्ने व्यक्ति , महापापी, दुष्ट स्वभाव भएको, खुट्टामा जूत्ता लगाएको व्यक्ति , उपकारको बदला अपकार गर्ने व्यक्ति, मन्त्रोच्चारण गरिरहेको द्विज, शत्रु, भोजन गरिरहेको व्यक्ति, दौडदै गरेको व्यक्ति तथा नास्तिक व्यक्तिलाई झुक्किएर पनि नमस्कार गर्नु हुँदैन । शास्त्रले वान्ता गरिरहेको समयमा, मञ्जन गरिरहेको अवस्थामा पनि नमस्कार निषिद्ध छ भनिएको छ ।

यो देखेर तपाईँ पनि झस्किनु भयो होला । किनकी नमस्कार गर्नै नहुने धेरै मान्छेहरूलाई आजसम्म हामीले नमस्कार गरिरहेका रहेछौं ।

शास्त्रीय प्रसङ्ग निस्किए पछि, शास्त्रलाई पनि पछ्याउनै पर्ने हुन्छ । त्यसैले जसलाई पायो त्यसैलाई , जहाँ पायो जतिखेर पनि नमस्कार गर्ने कुरो आउँदै आउँदैन लौ जा ।

मेरो चिनजानका एकजना मनको घाइते तर व्यवहारमा काइते स्वभावका नेता छन् । जब म तिनलाई देख्नै बित्तिकै नमस्कार गर्छु, तिनी मक्खै पर्छन् र साख्खै बनेर बातमार्न थाल्छन् । मेरो खेतीपाती र गाई भैंसीका विषयमा समेत धक फुकाएर कुरा गर्ने गर्छन् । बालीनालीमा लाग्ने रोगकिरा र पशु स्वास्थ्य एवं दुध उत्पादनका विषयमा उनी कत्तिपनि नभुलेर मजैसँग खुलेर कुरा गर्छन् । जब यिनको व्यक्तिगत चरित्रका बारे मलाई थाहा भयो अर्थात् शास्त्रले नमस्कारका लागि निषिद्ध गरेको सूचीमा यिनी पनि परेको बुझें,अब यिनलाई हात उठाएर नमस्ते गर्न मेरो स्वाभिमानले दिएन । जब मैले यिनलाई नमस्ते गर्ने पुन्य काम छोडिदिएँ , यिनीसँगको बोलचाल लगभग शून्यको अवस्थामा पुग्यो । यो क्रम केही लामो समयसम्म चलिरहेको छ । मैले अचेल यिनलाई नमस्ते गर्न छोडेपछि, यिनी मेरो घरको आँगनबाट पनि हिन्दैनन्, बाटोमा देखेपनि चिन्दैनन् । सबैको नमस्कार पाउन त चरित्र पनि त स्वच्छ र सफा हुनु पर्यो नि !

मेरो अर्का एकजना असाध्यै मन मिलेको साथी छन् । हरेक कुरामा म जस्तै । आनीबानी ,उमेर , पढाई लेखाई, लवाई खवाई सबै उस्तै । संयोगले यिनीसँग निकैसमय भेटघाट भएन । अचानक एकदिन बिजुलीको बिल तिर्ने लाइनमा भेटिए । हातमा कागजपत्र र पैसा भएकोले मैले यिनलाई नमस्कार गरिन । मुसुक्क हाँसेँ मात्र । यिनले मेरो हाँसोको प्रतिउत्तर पनि दिएनन् । जब चार दिनपछि पुनः भेट भए मैले पुरानै परम्परालाई निरन्तरता दिँदै दुबै हात उठाएर नमस्ते के गरेको थिएँ, उनले मलाई घ्याप्पै अँगालो हाल्दै भने, निकै लामो समयपछि भेट भयो । मैले बिजुली अफिसमा भेट भएको प्रसङ्ग कोट्याउँदा उनले भने त्यस दिन मैले चिनिन माफ गर ।

नमस्कार पाए अँगालो हाल्न कस्सिनेले नमस्कार नपाए चिन्न पनि नसक्ने भएपछि नमस्कारमा कति ठूलो शक्ति रहेछ भन्ने बलियो प्रमाण यो भन्दा अर्को के हुन सक्छ ?

एकपटक मेरो एकजना आफन्त घरपायक सरुवा माग्न सम्बन्धित विभागमा जाँदा डाइरेक्टरको खुट्टामा कालो छालाको जुत्ता देखेर नमस्कार नगरि सोफामा बसेछन् । हुन पनि शास्त्रले छालाको जुत्ता लगाएको व्यक्तिलाई नमस्कार नगर्नु भनेकै छ । गोजीबाट निवेदन झिक्न नपाउँदै डाइरेक्टरले उनलाई अनुशासनहिन भन्दै कोठाबाट घोक्राउँदै बाहिर निकालेछन् । बिचरा शास्त्रमा लेखेको कुरा पछ्याउँदा लामो समय उनी दुर्गम जिल्लामा बस्नु पर्यो । सायद अचेल जमानाले गर्दा होला केही पापी, घाती, भ्रष्टाचारी, बलात्कारी सबैलाई नमस्कार गर्न बाध्य हुनुपरेको छ, पावर तिनकै हातमा हुन्छ । पदमा तिनै हुन्छन् । जानीजानी हत्याराहरू लाई नमस्कार गरौं ? तस्करहरूलाई नमस्कार गरौं ? पतितहरूलाई नमस्कार गरौं ?

दलालहरूलाई नमस्कार गरौं ? डनहरूलाई नमस्कार गरौं ? नमस्कार गर्नु नै पर्ने भए गोदान गर्दा गाईको सट्टा पैसा राखेर गरे जस्तै यिनलाई गर्नु पर्ने नमस्कार अब आयन्दा मातृभूमिलाई गर्नेगरौं । नदीनाला र हिमालयलाई गर्नेगरौं । पहाड र तराइका फाँटहरूलाई नमस्कार गरे हुन्न र ?

मलाई लाग्छ अचेल अधिकांश मान्छेहरूले, मन अमिलो बनाएर र नक्कली हाँसोको सहारा लिएर मात्र नमस्कार गर्ने गरेका छन् । मन फुकाएर नमस्कार गर्न त धेरैको आत्माले मान्दैन होला । त्यसैले जब कसैलाई नमस्कार गर्नुपर्ने हुन्छ, मेरो मुख पनि चुक अमिलो चुसेको बच्चाको जस्तो हुनथाल्छ । नमस्कार त मन फुकाएर, प्रसन्न भएर गर्न पाइयोस् न, मन्दिरको देउतालाई जस्तै । मलाई लाग्छ बरु यो नमस्कार प्रथा हटाए हुने थियो । आखिर हटाउन नमिल्ने होइन क्यारे । जसरी यो देशबाट हिन्दू धर्म स्वाट्ट झिकेर मिल्काइयो त्यसरी नै यो नमस्कार गर्ने प्रथालाई पनि यथाशीघ्र हटाइयोस् ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x