साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विरोध

आकाशमा कालो बादल देखेर कुना कुनामा कालो झण्डा बोकेका मान्छेहरू पानी परे पनि पानी नपरे पनि विरोधको तयारी गर्दैछन् पानी परे बिस्कुन भिज्ने जग्जगी पानी नपरे बाली सुक्ने जग्जगी ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

छोरीको फर्माइसमा
युरोप भ्रमण गरेर फर्किएका
अधिकारी सरले
ड्युटी फ्रीमा ल्याएको रेड लेवलको
एक तुर्को पिएर
आँगनमा लर्बरिंदै उभिएको
बट्टाइ माइला जस्तो
माझ आकाशमा किंकर्तव्यविमुढ भएको छ
एक टुक्रा कालो बादल ।

कुना कुनामा कालो झण्डा बोकेका मान्छेहरू
पानी परे पनि, पानी नपरे पनि
विरोधको तयारी गर्दैछन्
पानी परे बिस्कुन भिज्ने जग्जगी
पानी नपरे बाली सुक्ने जग्जगी
माझ आकाशमा किंकर्तव्यविमुढ भएको छ
एक टुक्रा कालो बादल ।

पानी पार्न
बादल त कालै हुनुपर्छ
सेतो बादल त हेर्दा मात्रै राम्रो
माथि डाँडामाथि सल्बलाएको सेतो बादल देखेर
बेंसीमा कुनै प्रतिकृया छैन
न खेती हुने आश
न बाढी आउँने त्रास
पानी पर्न
बादल त कालै हुनुपर्छ
तर
आकाशमा कालो बादल देखेर
कुना कुनामा कालो झण्डा बोकेका मान्छेहरू
पानी परे पनि
पानी नपरे पनि
विरोधको तयारी गर्दैछन्
पानी परे बिस्कुन भिज्ने जग्जगी
पानी नपरे बाली सुक्ने जग्जगी ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x