सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विरोध

आकाशमा कालो बादल देखेर कुना कुनामा कालो झण्डा बोकेका मान्छेहरू पानी परे पनि पानी नपरे पनि विरोधको तयारी गर्दैछन् पानी परे बिस्कुन भिज्ने जग्जगी पानी नपरे बाली सुक्ने जग्जगी ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

छोरीको फर्माइसमा
युरोप भ्रमण गरेर फर्किएका
अधिकारी सरले
ड्युटी फ्रीमा ल्याएको रेड लेवलको
एक तुर्को पिएर
आँगनमा लर्बरिंदै उभिएको
बट्टाइ माइला जस्तो
माझ आकाशमा किंकर्तव्यविमुढ भएको छ
एक टुक्रा कालो बादल ।

कुना कुनामा कालो झण्डा बोकेका मान्छेहरू
पानी परे पनि, पानी नपरे पनि
विरोधको तयारी गर्दैछन्
पानी परे बिस्कुन भिज्ने जग्जगी
पानी नपरे बाली सुक्ने जग्जगी
माझ आकाशमा किंकर्तव्यविमुढ भएको छ
एक टुक्रा कालो बादल ।

पानी पार्न
बादल त कालै हुनुपर्छ
सेतो बादल त हेर्दा मात्रै राम्रो
माथि डाँडामाथि सल्बलाएको सेतो बादल देखेर
बेंसीमा कुनै प्रतिकृया छैन
न खेती हुने आश
न बाढी आउँने त्रास
पानी पर्न
बादल त कालै हुनुपर्छ
तर
आकाशमा कालो बादल देखेर
कुना कुनामा कालो झण्डा बोकेका मान्छेहरू
पानी परे पनि
पानी नपरे पनि
विरोधको तयारी गर्दैछन्
पानी परे बिस्कुन भिज्ने जग्जगी
पानी नपरे बाली सुक्ने जग्जगी ।

०००
गौरादह, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
आमा

आमा

खगेन्द्र नेउपाने
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
गाउँ गाउँ जस्तो छैन !

गाउँ गाउँ जस्तो छैन...

सुभाषचन्द्र देवकाेटा
बुढी

बुढी

हेम अधिकारी
अत्यानन्द !

अत्यानन्द !

रामदेव पाण्डे
गणतन्त्र गीत

गणतन्त्र गीत

होम सुवेदी
आदर्श नेता

आदर्श नेता

हृषीकेश बराल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल