साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बितन्डाका जुलुसहरू !!

एकपछि अर्को नामोच्चारणसँगै क्रमबध्द स्वार्थका बैँस -सगरमाथा अग्लेका छन् बितन्डाका जुलुसहरू! एकतमास पाइला पाइला थपिएर थुप्रो बन्दै छन् बितन्डाका जुलुसहरू !!

Nepal Telecom ad

कलानिधि दाहाल :

अम्खोरामा
अटाएन पानी
सागर उबाउनु छ
विश्वासमा
अटाएन मानिस
करुवामा लुकाउनु छ
मनमा
अटाएन मुटु
निकालेर सगरमाथा चढाउनु छ
समय
असीमित भइदिएको भए

दुई पाउले हिँडेर नै
विश्वभ्रमण सकेपछि
धराको आयतन नाँप्थेँ होला
औँलामा नबस्ने समयसँग
मान्छेहरू
तिनै बिसेनगर्ची लेखेर
खादा पैरन्छन्
आरनको आगो उचालेर
कथित
बडेमानका पुरस्कार पचाउँछन्
आगोको काम नै
चम्का जोरेर
भात पकाउँने हो
आरनको आँगामा
फलाम सेकेर
औजार बनाउँने हो
उच्च मनोचौतारीमा
-न जात हुन्छ मान्छेको
-न धर्म
-न संस्कार परिभाषित हुन्छ मान्छे
-न संस्कृति
सागरले
कहिल्यै धर्म ओढेन
हिमालले
जातका बाटा खनेन
मान्छेहरू!
किन बितन्डा मच्चाउँछन्
-मानवतामा
बिसेनगर्ची
-एउटा बितन्डा हो
आरनको आगो
-अर्को मजबुत बितन्डा
राज्य नै
एउटा डरलाग्दो
बितन्डाको सिकारपछि जन्मन्छ
-हिट्लरचङ्गेज खानहरू
-नेपोलियनगोयवेल्सहरू
-स्टालिनपृथ्वीनाराणहरू
एकपछि अर्को
क्रमबध्द
विश्वबितन्डा जन्मेका हुन्
को भन्छ
-स्वार्थबिस्तार मानवता हो ?
को भन्छ
बमएटम आविष्कार
-मानवता हो ?
को भन्छ
पल्पल विनाशको चरुहोम
-धर्म हो ?
अन्धताको पनि
एउटा सीमा हुनु पर्ने
नाँघेर
यत्रतत्र
सर्वत्र
सागरमा
धर्मका रेखा कोर्नेहरू !
हिमालमा
जातजातिका गन्ध छर्नेहरू !
स्वार्थको पृथ्वी जन्माउने
बिसेनगर्ची
र हिँसाको हिट्लर जन्माउने
आरनमा
बतन्डाको आँत बिर्सेर
किन मानवताको
चिराग निभाउँछन्
मेरा भाते कविहरू!
मेरा भ्रष्टभिखारी नेताहरू !
देश नै
मानवताविरोधी
अभियानको
डरलाग्दो गर्भाधान हो
यसकै आँतमा
सल्बलाएका बचेराहरू!
एकपछि अर्को
नामोच्चारणसँगै
क्रमबध्द
स्वार्थका बैँस
-सगरमाथा अग्लेका छन्
बितन्डाका जुलुसहरू!
एकतमास
पाइला
पाइला थपिएर
थुप्रो बन्दै छन्
बितन्डाका जुलुसहरू !!

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x