साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रमथगण

पार्वतीले जिज्ञासु नजरले पुलुक्क शिवजीलाई हेरिन् । आँखा चिम्लिएका शिवजीको मुखबाट फुत्त आवाज निस्कियो, “पाशुपतक्षेत्रका बासिन्दालाई तिमीले अझै चिनेकी रहेनछ्यौ पार्वती !”

Nepal Telecom ad

डा. कुसुमाकर शर्मा गौतम :

“किन अधीर देख्दै छु नाथ ?“ तपस्याबाट भर्खर निवृत्त भएका शिवजी छट्पटाएको देखेर पार्वतीले सोधिन् ।

“नन्दीलाई मेरो नयाँ वस्त्र सुन्दरबनबाट ल्याइदे भनेको । न आफू देखिन्छ, न वस्त्र ।“ अलिअलि क्रोधित स्वरमा शिवजीले पार्वतीलाई सोधे, “नन्दीलाई देख्यौ ?“

“वस्त्र ल्याएको देखेन । तर नन्दी यहीँ थ्यो त भर्खरै !“ आफ्नो उत्तरले शिवजीको क्रोध घट्नुको सट्टा बढ्न थालेको पार्वतीले अनुभव गरिन् ।

शिवजीले नन्दी खोज्न आँखा चिम्लिए । पार्वतीले टिकटक खोलेर हेरिन् ।

आम्मामा ! शिवजीलाई मनपर्ने पशुपतक्षेत्र नेपाल प्रमथगणले ढाकिएको थियो । नन्दीको नेत्रृत्वमा । नन्दी, भृङ्गी, भूत, प्रेत, पिशाच, सबै प्रमथगण टिकटकमा भाइरल देखिए । सृष्टिकर्ता ब्रह्माजीले बनाइदिएको दिमागमा अहमब्रह्म भन्ने मन्त्रको सट्टा अटेरी, दम्भी, अविश्वासी, भ्रष्ट र दुराचारीको चिप कोचिएको थियो ।

पार्वतीलाई डर लाग्यो । सोचिन्, ‘नन्दी र प्रमथगणको यो चालाबाट शिवजी पक्कै अनभिज्ञ छैनन् । तेस्रो नेत्र खुल्यो भने सर्वनाश हुन्छ ।’

‘नन्दीगणलाई बोलाउँ कि के गरौँ ?’ सोच्दै शिवजीलाई एकटकले हेरिन् ।

आँखा चिम्ले कै अवस्थामा शिवजी मुस्कुराए । पार्वती झन डराइन् । उनले मोबाइलको कोड खोलिन् । त्यहाँ शिवजीले विद्युतीय-चुम्बकास्त्र के छोडेका थिए प्रमथगण नतमस्तक कैलाशतिर तानियो । हेर्दा हेर्दै सिंहदरवार, बाइसे-चौबिसेका कोट, डाँडा, दरवार, अटाली, पटाङ्गिनीहरू खाली हुँदै गए ।

पार्वतीले जिज्ञासु नजरले पुलुक्क शिवजीलाई हेरिन् ।

आँखा चिम्लिएका शिवजीको मुखबाट फुत्त आवाज निस्कियो, “पाशुपतक्षेत्रका बासिन्दालाई तिमीले अझै चिनेकी रहेनछ्यौ पार्वती !”

०००
१ अप्रेल २०२१
एडमन्टन, क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पार्टी

मुखियाको पार्टी

डा.कुसुमाकर शर्मा गाैतम
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
सम्मान

सम्मान

डा.कुसुमाकर शर्मा गाैतम
इच्छा मरण

इच्छा मरण

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x