साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देविकाकाे ‘अन्त्य कहाँबाट सुरु हुन्छ ?’ सार्वजनिक

प्रमुख अतिथि वरिष्ठ साहित्यिक, पत्रकार तथा लेखक नगेन्द्रराज शर्मा, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, डा. गोविन्दराज भट्टराई, पवन आलोक, मातृका पोखरेल, चन्द्रप्रसाद भट्टराई, हिरण्यकुमारी पाठकलगायतले सामूहिक रूपमा कृतिको विमोचन गरेका हुन् ।

Nepal Telecom ad

साहित्यकार देविका तिमिल्सिनाको पहिलो कवितासङ्ग्रह ‘अन्त्य कहाँबाट सुरु हुन्छ ?’ एक समारोहका बिच सार्वजनिक गरिएको छ । नेपाल स्रष्टा समाजद्वारा कवि तिमिल्सिनाको ७० औं जन्मोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा सो पुस्तकको लोकार्पण गरिएको हो ।

प्रमुख अतिथि वरिष्ठ साहित्यिक, पत्रकार तथा लेखक नगेन्द्रराज शर्मा, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, डा. गोविन्दराज भट्टराई, पवन आलोक, मातृका पोखरेल, चन्द्रप्रसाद भट्टराई, हिरण्यकुमारी पाठकलगायतले सामूहिक रूपमा कृतिको विमोचन गरेका हुन् ।

कार्यक्रमको सुरुमा साहित्यकार शंकर भारतीले स्वागत मन्तव्य राखेका थिए । समारोहमा समालोचक प्रा.डा.गोविन्दराज भट्टराईले विमोचित पुस्तकबारे समीक्षात्मक टिप्पणी गरेका थिए । साहित्यकारहरू मातृका पोखरेल, चन्द्रप्रसाद भट्टराई, हिरण्यकुमारी पाठक तथा पवन आलोकले शुभकामना मन्तव्य राखेका थिए ।

विमोचित पुस्तकबाट चेतनाथ कँडेल हरितले एउटा कविता वाचन गरेका थिए । सो अवसरमा कृतिकार देविका तिमिल्सिनाले पनि आफ्ना भनाई राखेका थिए ।

समारोह नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन मधु पाठकले गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x