विश्वनाथ ढुङ्गेलईश्वर
घरबार मैले जोडेँ सन्तान यी मेरा, चिन्ता केही छैन ऐले कुनै बार बेला । अझै पनि जिम्मेवारी आफू लिन सक्छु, हेरचाह राम्रोसँग गरीकन बस्छु ॥

विश्वनाथ ढुङ्गेल :
१.
हुर्कँदै बढ्दै धन्न मूर्ख जवानी गयो,
खेल्दै जवानी कटेको महसुस बल्ल भयो ।
मायाका धारहरू ती भए छिन्नभिन्न,
ईश्वर मात्र हुन् हाम्रा आत्माका अभिन्न ॥
२.
खाने दन्तहरू सवै झरे त के भयो ?
पाइन्छ नयाँ फेर्न बुढ्यौलीले जे भयो ।
घर भयो स्वदेश जानु छैन पर्देश,
चाहिँदैन नानाथरी पहिरन भेष ॥
३.
प्रेम छ घरभरि रोग लाग्दा उपचार,
बस्छु नयन घुमाई छैन केही दरकार ।
छर्छन् घरमा सुवास माया र मोह दिई,
मेरै रेखदेखमा बस्छन कर्म ज्ञान लिई ॥
४.
छैन मलाई कुनै कमि भएर पो के काम,
आमा र बाबा भनी लिन्छन घरमा नाम ।
काम गरी आउँछन् बाबा र आमा भनी,
दुःख गरेरै पनि ख्वाएका छन् रमी रमी ॥
५.
घरबार मैले जोडेँ सन्तान यी मेरा,
चिन्ता केही छैन ऐले कुनै बार बेला ।
अझै पनि जिम्मेवारी आफू लिन सक्छु,
हेरचाह राम्रोसँग गरीकन बस्छु ॥
०००
भक्तपुर ।
Subscribe
Login
0 Comments
Oldest






































