साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईश्वर

घरबार मैले जोडेँ सन्तान यी मेरा, चिन्ता केही छैन ऐले कुनै बार बेला । अझै पनि जिम्मेवारी आफू लिन सक्छु, हेरचाह राम्रोसँग गरीकन बस्छु ॥

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

१.
हुर्कँदै बढ्दै धन्न मूर्ख जवानी गयो,
खेल्दै जवानी कटेको महसुस बल्ल भयो ।
मायाका धारहरू ती भए छिन्नभिन्न,
ईश्वर मात्र हुन् हाम्रा आत्माका अभिन्न ॥

२.
खाने दन्तहरू सवै झरे त के भयो ?
पाइन्छ नयाँ फेर्न बुढ्यौलीले जे भयो ।
घर भयो स्वदेश जानु छैन पर्देश,
चाहिँदैन नानाथरी पहिरन भेष ॥

३.
प्रेम छ घरभरि रोग लाग्दा उपचार,
बस्छु नयन घुमाई छैन केही दरकार ।
छर्छन् घरमा सुवास माया र मोह दिई,
मेरै रेखदेखमा बस्छन कर्म ज्ञान लिई ॥

४.
छैन मलाई कुनै कमि भएर पो के काम,
आमा र बाबा भनी लिन्छन घरमा नाम ।
काम गरी आउँछन् बाबा र आमा भनी,
दुःख गरेरै पनि ख्वाएका छन् रमी रमी ॥

५.
घरबार मैले जोडेँ सन्तान यी मेरा,
चिन्ता केही छैन ऐले कुनै बार बेला ।
अझै पनि जिम्मेवारी आफू लिन सक्छु,
हेरचाह राम्रोसँग गरीकन बस्छु ॥

०००
भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x