साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडो बनाऊ प्रभु

मान्छे मानवमा दरिन्न यसरी अन्याय खप्ने अति हेर्ने मात्र लुकेर देश जनको हत्या र हिँसा खती खप्ने शाहस छैन यो मकन हा ! बाधा फुकाऊ प्रभु पाऊँ बस्न स्वतन्त्र शान्त बनमा भेडो बनाऊ प्रभु॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

सामन्ती खलको छ राज बहुतै आगो बलेको यहाँ
रेखा मालिकको र दासबिचको कोरिन्छ गाढा जहाँ
यस्तो चङ्गुलमा परेँ फजित यो चाँडो भगाऊ प्रभु
पाऊँ बस्न स्वतन्त्र शान्त बनमा भेडो बनाऊ प्रभु॥१

भेडाको दुनियाँ छ सुन्दर आहा नाचिन्छ ऊफ्रीवरी
एकै साथ बसेर घाँस र कुँडो खाइन्छ नाना थरी
चिन्ता हुन्छ न देशको न जनको निर्बुद्धि छाऊ प्रभु
पाऊँ बस्न स्वतन्त्र शान्त बनमा भेडो बनाऊ प्रभु॥२

अर्काको पनि गाँस चोर्न मनुवा मान्दैन लाजै रती
पोस्छन् मानिसले लुटेर परको आफन्त मात्रै अति
यस्ता स्वाँठ दलालको मुख कतै हेर्नै नपाऊँ प्रभु
पाऊँ बस्न स्वतन्त्र शान्त बनमा भेडो बनाऊ प्रभु॥३

बाँचेका कति छन् यहाँ कहरमा पाएर आश्वाशन
आफू भित्र भएर चेतन ठुलो दुःखी बन्यो जीवन
उम्काऊ अब जालबाट सहजै लज्जा बचाऊ प्रभु
पाऊँ बस्न स्वतन्त्र शान्त बनमा भेडो बनाऊ प्रभु॥४

मान्छे मानवमा दरिन्न यसरी अन्याय खप्ने अति
हेर्ने मात्र लुकेर देश जनको हत्या र हिँसा खती
खप्ने शाहस छैन यो मकन हा ! बाधा फुकाऊ प्रभु
पाऊँ बस्न स्वतन्त्र शान्त बनमा भेडो बनाऊ प्रभु॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x