साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सार्वजनिक बस

यो बस चढ्नु ठुलाबडाको अपमान हो हामी गँवार गाउँलेको सान हो । ठ्याक्कै मेरो देशजस्तै गरीब छ यो बस मेरो नेता जस्तै छ त्यसैले यो हाम्रो आफ्नु हो ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

यो सार्वजनिक बस हो
यहाँ नेता चढ्नुहुन्न
मन्त्री, हाकिम, ठेकेदार, इन्जिनियर
कोही पनि चढ्नु हुन्न
मेयर उपमेयर
ठुल्ठुला फूलीवाला
कोही पनि चढ्नुहुन्न
तर पनि यो नेता जस्तै छ
हाकिम कर्मचारी जस्तै छ
मेरो देशको राज्यप्रणाली जस्तै छ
यो सार्वजनिक बस हो
यो बिल्कुल हामी जस्तै छ ।
घ्यार् घ्यार् घ्यार्र घ्यार्र
बिस्तारै पाइला चाल्छ
उबडखाबड छ जताततै
कहिले डिलमा चढाउँछ
कहिले खाल्डामा हाल्छ ।
हिँड्न चैँ हिँड्छ तर रोकिन्छ धेरै
चल्न चैँ चल्छ तर ठोकिन्छ धेरै
थर्थर थर्थर काम्दै हिँड्छ
तर धुवाँ धेरै फाल्छ
क्षमता छैन आँतभरि
तर भारी धेरै हाल्छ ।

हामीजस्ताहरुको लागि
हामीले रोजेको
हामीले खोजेको
तेल धेरै खाने
मेल धेरै नखाने
हाम्रो आफ्नु जेथा जस्तै
हाम्रो आफ्नु नेता जस्तै ।

यो बस चढ्नु ठुलाबडाको अपमान हो
हामी गँवार गाउँलेको सान हो ।

ठ्याक्कै मेरो देशजस्तै गरीब छ यो बस
मेरो नेता जस्तै छ
त्यसैले यो हाम्रो आफ्नु हो ।

०००
झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x