साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साला भाषण !

नेताजीलाई सबले भाषण सुन्छन् जस्तो लाग्छ क्यारे भाषण सुन्ने सबै आफ्ना हुन्छन् जस्तो लाग्छ क्यारे भन्छन् त्यो त्यो त्यो त्यो आफ्नु त्यो त्यो अर्का घरको भयो आसन भाषण शासन यीनका हाम्रा लागि चर्को भयो ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

चााउरे बाको लाहुरे भाषण सुन्दा सुन्दै झर्को भयो
कति धेरै आसन ग्रहण हेर्दा हेर्दै लर्को भयो
यो देश त्यसै उँधो लाग्या हैन रैछ मेरो हजुर !
आसन भाषण शासन यिनका हाम्रा लागि चर्को भयो ।

च्याब्रुङ कतै बज्नु हुन्न भाषण गर्न पुगीहाल्छन्
सन्थाल धिमाल थारु नाचलाई राजनीतिको बर्को हाल्छन्
संस्कृतिको मौलिकता नि फेरिएर अर्को भयो
आसन भाषण शासन यिनका हाम्रा लागि चर्को भयो ।

नेताजीलाई सबले भाषण सुन्छन् जस्तो लाग्छ क्यारे
भाषण सुन्ने सबै आफ्ना हुन्छन् जस्तो लाग्छ क्यारे
भन्छन् त्यो त्यो त्यो त्यो आफ्नु त्यो त्यो अर्का घरको भयो
आसन भाषण शासन यीनका हाम्रा लागि चर्को भयो ।

पठ्ठो भन्छ साला भाषण कति सुन्नु धेरै भयो
रोजगारी नै पाईँदैन पढ्या डिग्री खेरै गयो
बसौँ हिँडौँ के गरौँ लौ युवालाई उमर्को भयो
आसन भाषण शासन यिनका हाम्रा लागि चर्को भयो ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x