साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाह्रो छ नेता हुन

नेता जागिर हैन भन्छ दुनियाँ छन् बालबच्चा घर पैसाकै त रहेछ खेल जसको टाढा बसी हुन्छ र ! सेवा देश विकासको छ पगरी तान्ने छ चर्को धन यस्तो सङ्गतभित्रको छ दुनियाँ गाह्रो छ नेता हुन ॥

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

मान्छेका मति भिन्न छन् किसिमका छन् सोचमा भिन्नता
सोझो गर्छु भन्यो घुमाउन यहाँ छन् आसुरी मान्यता
चक्रै चक्र कुचक्र तोड्न सजिलो भेट्दैन सोझो मन
सोझो मार्ग घुमाउरो छ जहिल्यै गाह्रो छ नेता हुन ॥

यस्तो लाग्दछ राज्यतन्त्र अहिले हो यन्त्र थोत्रो तर
बोकेको छ रिमोट दूर कसले सन्देह छन् डङ्गुर
जालीका बिचमा छ साधु जहिल्यै काट्दै सयौँ बन्धन
छिर्के छल्न सकिन्न लड्छ बबुरो गाह्रो छ नेता हुन ॥

बोलीकै भर छैन काम छ अरू बोल्नै पर्‍यो बोल्न ता
के बोल्दा कसलाई छुन्छ कसरी बोल्दै छ छन् बाध्यता
बोलीको अनुरूप को छ र यहाँ घस्नै पर्‍यो चन्दन
आगोमाथि बसेर बोल्नु कसरी गाह्रो छ नेता हुन ॥

नेता जागिर हैन भन्छ दुनियाँ छन् बालबच्चा घर
पैसाकै त रहेछ खेल जसको टाढा बसी हुन्छ र !
सेवा देश विकासको छ पगरी तान्ने छ चर्को धन
यस्तो सङ्गतभित्रको छ दुनियाँ गाह्रो छ नेता हुन ॥

जो आरोपित हुन्छ तान्छ लहरो ब्रह्माण्ड हल्लाउँछ
बाठो मूल परै बसेर तलका खैँचेर डल्ल्याउँछ
किन्दै बेच्छ इमान रात दिन हो भन्छन् छ हेर्दै मन
यस्तो राज सँभाल्न छैन सजिलो गाह्रो छ नेता हुन ॥

०००
झापा, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढाको ढिपी

बुढाको ढिपी

डा. खगेन्द्रप्रसाद दाहाल
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
सम्भ्रम

सम्भ्रम

डा. खगेन्द्रप्रसाद दाहाल
घुम्छन् दुखेसा उही

घुम्छन् दुखेसा उही

डा. खगेन्द्रप्रसाद दाहाल
झटाराहरू सोझियून् लक्ष्यतर्फ

झटाराहरू सोझियून् लक्ष्यतर्फ

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x