साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काण्डै काण्डकाे देश

स्वागतका तुल सजाएर कस्ताे चउरमा खर्किएका रहेछाैं हामी बिस्वासकाे बन्दुक बाेकाएर नक्कली आदर्शकाे श्ताेत्र घाेकाएर हाम्रै मझेरीमा बास बस्नेहरुलाई हामीले कसरी आफ्ना बनाएका रहेछाैं छि: यी सरमछाडा काण्डहरु !

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

काण्डहरु
बजारभरि गाली सुनेर
किच्च हाँसिरहन्छन्
कति नकच्चरा यी काण्डहरु
कति बेसर्मी र छाडा यी काण्डहरु ।

ढाँटकाे खेती गरेर
भ्रमकाे बीउ छरेर
हावाका महलहरु बनाउछन्
नक्कली आदर्शकाे गीत गाउँछन्
दुनियाँ लठ्याउँछन्
डन र धन पट्याउँछन्
हामी रमिते छँदै छाैं
आउँछन् खेल मच्चाउँछन्
कति बेसर्मी र छाडा यी काण्डहरु ।

छातीभरि यीनै काण्डका जिन्दावादहरु काेरेर
आफ्ना परिवारका सुन्दर भविष्य फाेरेर
कस्तो आगमन पर्खिएका रहेछाैं हामी
तालीका गड्गडाहट बजाएर
स्वागतका तुल सजाएर
कस्ताे चउरमा खर्किएका रहेछाैं हामी
बिस्वासकाे बन्दुक बाेकाएर
नक्कली आदर्शकाे श्ताेत्र घाेकाएर
हाम्रै मझेरीमा बास बस्नेहरुलाई
हामीले कसरी आफ्ना बनाएका रहेछाैं
छि: यी सरमछाडा काण्डहरु !

भूपि दाइ
हिजाे त हल्लै हल्लाकाे मात्रै थियाे
आज काण्डै काण्डकाे देश भएकाे छ
घुम्ने कुर्सीमा बस्ने अन्धा मान्छेका कारण
स्वाभिमान अब अवशेष भएकाे छ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x