साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्थायी शान्ति ?

कसिलो प्रेम बनाइ राखे निर्लज्ज बन्नेछन् दुस्मतियारहरू हामी आफू बलियो बने कमजोर पर्ने छन् तिनका हतियारहरू राजनैतिक प्रतिष्ठाभन्दा परको जिन्दगी ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

यो शान्ति निरपेक्ष होइन
कसैले हतियारमा साँध लाउँदै रहेछ
वषौँंदेखि बाँचेको सामाजिक सौहार्द्रतालाई बिथोल्न
समुन्द्र पारिबाट कोही आउँदै रहेछ ।

अस्पतालमा रगत साटासाट गरेका हामी
चाडबाडमा प्रेम बाँटाबाँट गरेका हामीहरू
एउटै अँगालोमा कसिएको देखेर
अँध्यारो कुनाबाट कोही
एक अर्कालाई उक्साउँदै रहेछ
एउटै मेलामा पर्म साटेका हामीहरु
एउटै दाम्लोमा पोया बाटेका हामीहरू
एउटै लैबरीमा लहसिएको देखेर
फुटको अस्त्र बनाउँदै रहेछ
वर्षौँदेखि बाँचेको सामाजिक सौहार्द्रतालाई बिथोल्न
समुन्द्र पारिबाट कोही आउँदै रहेछ ।

कसिलो प्रेम बनाइ राखे
निर्लज्ज बन्नेछन् दुस्मतियारहरू
हामी आफू बलियो बने
कमजोर पर्ने छन् तिनका हतियारहरू
राजनैतिक प्रतिष्ठाभन्दा परको जिन्दगी
हाम्रो एउटै नशामा बगेको छ
धर्मले अलग्याउन नखोज
एउटै घरभित्र गुम्बा मन्दिर र मस्जिद बनेको छ
तर पनि
पचासौँ वर्षदेखि यो एकतालाई तोड्न
विभिन्न रुपमा धाउँदै रहेछ
वर्षौँदेखि बाँचेको सामाजिक सौहार्द्रतालाई बिथोल्न
समुन्द्र पारिबाट कोही आउँदै रहेछ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x