साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जङ्गल

अग्लेर सत्तासन पोरा फुलेर नाकका दम्भ अटेस्मटेस छातीभित्र उसका लागि उसका पत्नीप्रेयसीका लागि उसका परिवारका लागि नातागोता आफन्तका लागि ।

Nepal Telecom ad

कलानिधि दाहाल :

जङ्गलको सिंह
समाजको तानाशाह
जङ्गलको बाघ
समाजको सामन्त
जङ्गलको चितुवा
घरघरका काला
बाङ्गा
छद्मभेषक
अपराधका खुङ्खार अनुहार
जङ्गलका मृगशावक
थारल, घोरल
भेडा बाख्रा
गाईभैँसी
पाठा बलेख्रा
पाडा बाछा
अन्तर समानान्तर
आयोजन समायोजन
समाजका दीनदुःखी
अशक्त अभावग्रस्त
अनपढ अशिक्षित
लाटालङ्गडा
निमुखानिरीह
गाँसरहित
साससहित
कतै
देखिन्छ र अन्तर ?
लुकेर बोटहरूमा
झाङ्हरूमा
बडेमान वृक्षका
आडअन्तरमा
खोल्सा डील कान्लामा
बुरुक्क उफ्रेर नङ्ग्रा
च्याप्प समातेर हातहरू
लप्लपाएर जिब्रा
रगतका राता दागहरूले
सिंहहरू
बाघहरू
चितुवाहरू
जङगल निरन्तर
परिभ्रमित हिजो
आज
र भोलि !
अग्लेर सत्तासन
पोरा फुलेर नाकका
दम्भ अटेस्मटेस छातीभित्र
उसका लागि
उसका पत्नीप्रेयसीका लागि
उसका परिवारका लागि
नातागोता आफन्तका लागि
सिंह एउटा राष्ट्रपति
बाघ एउटा नेता
चितुवा असङ्ख्य कार्यकर्ता
कतै फरक छ र
सत्ता आश्रित समाज
पोटफोलियो जङ्गलमा
रगत लत्पतिएका
-मृगझैँ
-थारल घोरझैँ
-भैँसी गाईझैँ
किनबेचका परेका
नागरिकता खोसिएका
र नागरिकता रित्तिएका
निरीह चित्कार होइनन् र ??

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x