सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गणतान्त्रिक लडाइँको शहीदको साथी म । लोकतन्त्रको रक्षा गर्ने वीरहरूको साक्षी म ।

Nepal Telecom ad

भीम गौतम :

न हाँस्ननै सकेँ म,
नरुन नै जानेँ म ।
न क्रान्ति भएँ म,
न शान्ति नै भएँ म ।
न हेर्न सकेँ म,
न भुल्नै सकेँ म ।

साथ कसैको नपाई
बिच्किएर हिँडेँ म ।
हिँडेँ म, हिँडेँ म
साह्रै टाढा पुगेँ म ।

आफ्नै नङ्ग्रा खियाएर
आनन्दले भुलेँ म ।
धैर्यता बटुलेर
लह लह झुलेँ म ।

दुःखी कम्पनले सताएर
सधैँ-सधैँ गलेँ म ।
हिलो र धुलो खेली
सबैसँग भुलेँ म ।

विचारले खारिएर
न्याय खोज्दै डुलेँ म ।
एकान्तमै बसे पनि
न्याय बोल्दै खुलेँ म ।

गणतान्त्रिक लडाइँको
शहीदको साथी म ।
लोकतन्त्रको रक्षा गर्ने
वीरहरूको साक्षी म ।

सीमा रक्षा गर्नलाई
अझै लड्न तयार म ।
लिम्पियाधुरा हाम्रो हो
झण्डा गाड्न तयार म ।

लिपुलेक हाम्रै हो
बलिदान दिन तयार म ।
कालापानी हाम्रो हो
रगत दिन तयार म ।

सुस्ता पनि हाम्रै हो
नक्सा कोर्न तयार म ।
पर्खालको योजनामा
सहयोग गर्न तयार म ।

हाम्रो सीमा सुरक्षामा
सिपाही हुन तयार म ।
सेता हिमाल सम्पत्ति
चिसो पानी खाने म ।
बुद्धप्रेमी हिन्दू राष्ट्र
एकताको शक्ति म ।

०००
भरतपुर, चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल