साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतान्त्रिक लडाइँको शहीदको साथी म । लोकतन्त्रको रक्षा गर्ने वीरहरूको साक्षी म ।

Nepal Telecom ad

भीम गौतम :

न हाँस्ननै सकेँ म,
नरुन नै जानेँ म ।
न क्रान्ति भएँ म,
न शान्ति नै भएँ म ।
न हेर्न सकेँ म,
न भुल्नै सकेँ म ।

साथ कसैको नपाई
बिच्किएर हिँडेँ म ।
हिँडेँ म, हिँडेँ म
साह्रै टाढा पुगेँ म ।

आफ्नै नङ्ग्रा खियाएर
आनन्दले भुलेँ म ।
धैर्यता बटुलेर
लह लह झुलेँ म ।

दुःखी कम्पनले सताएर
सधैँ-सधैँ गलेँ म ।
हिलो र धुलो खेली
सबैसँग भुलेँ म ।

विचारले खारिएर
न्याय खोज्दै डुलेँ म ।
एकान्तमै बसे पनि
न्याय बोल्दै खुलेँ म ।

गणतान्त्रिक लडाइँको
शहीदको साथी म ।
लोकतन्त्रको रक्षा गर्ने
वीरहरूको साक्षी म ।

सीमा रक्षा गर्नलाई
अझै लड्न तयार म ।
लिम्पियाधुरा हाम्रो हो
झण्डा गाड्न तयार म ।

लिपुलेक हाम्रै हो
बलिदान दिन तयार म ।
कालापानी हाम्रो हो
रगत दिन तयार म ।

सुस्ता पनि हाम्रै हो
नक्सा कोर्न तयार म ।
पर्खालको योजनामा
सहयोग गर्न तयार म ।

हाम्रो सीमा सुरक्षामा
सिपाही हुन तयार म ।
सेता हिमाल सम्पत्ति
चिसो पानी खाने म ।
बुद्धप्रेमी हिन्दू राष्ट्र
एकताको शक्ति म ।

०००
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
0
Would love your thoughts, please comment.x
()
x