साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताली बजाएँ

संसदीय शासनका मसिहाहरु कुर्सीकाे अभावमा रोएको पनि देखें समाजवादी ब्यानर सामन्तवादी साबुनले धोएको पनि देखे गएँ बसें ताली बजाएँ तर क्यै बुझिनँ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

गएँ
बसें
ताली बजाएँ
तर क्यै बुझिनँ ।

कति सानु टाउको मेरो
कति सानु कद
कति चाउरे छाती
कति झ्याउरे पद
आफैं धामी आफैं बोक्सी
वीरे मसान पूजिन
गएँ
बसें
ताली बजाएँ
तर क्यै बुझिनँ ।

आफू कुर्शीमा नपुग्दा
जुठेल्नाबाट जस्केलो चढ्ने
आफ्नु अभिष्टको चौतारीमा बसेर
सस्वर हनुमानचालिसा पढ्ने
पाए लस्किने
नपाए ठस्किने
कतै लछार्ने
कतै पछार्ने
कतैलाई उकासेर कतैको झ्याँको झार्ने
मौसमी आदर्शको अन्तरङ्ग सुजिन
गएँ
बसें
ताली बजाएँ
तर क्यै बुझिन ।

झोला बोकेर
सडक किनारामा उभिएकै थिएँ
समयानुचित सलाम दिएकै थिएँ
तर उनकै कारले बेस्सरी हिलो छ्यापेर गयो
मेरो अन्तर स्वाभिमानको बेहाल भयो
तर तिनै ठूला टाउकाहरुले
हाम्रालागि उन्नत गित गाएको सुनें
एउटा धनी लेखकले गरीबको क्रान्ति पुस्तक लेखेर
नोबेल पुरस्कार पाएको सुनें
गएँ
बसें
ताली बजाएँ
तर क्यै बुझिन ।

संसदीय शासनका मसिहाहरु
कुर्सीकाे अभावमा रोएको पनि देखें
समाजवादी ब्यानर
सामन्तवादी साबुनले धोएको पनि देखे
गएँ
बसें
ताली बजाएँ
तर क्यै बुझिनँ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x