साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोभीको भाँडो

कसैले पैसा तिरेर पुरस्कार थाप्छन्नै । कसैले म यति हजार दिन्छु मलाई सम्मान गर भन्छन्, कसैले म यति दिन्छ मलाई प्रमुख अतितिथको आसन चाहिन्छ भन्छन् । के साह्रो लोभी भए मान्छेहरू !

Nepal Telecom ad

नगिता लेप्चा राई :

आफ्नो दशै औँला घिउमा भए पनि अर्काको सामान्य केही देख्ने बित्तिकै यो पनि मेरो भए हुन्थ्यो, पाउन पाए हुन्थ्यो भन्ने लोभीका भाँडोहरू तपाईंहरूका गाँउघरतिर कति छन् होलान कति तर मेरो गाउँमा चैँ अर्काको कुरामा आँखा गाड्नेहरू प्रशस्तै पाइन्छन् ।

अस्ति म आफनो कामको लागि निकै टाढै जाँदै थिएँ । आफ्नै धुनमा हिँड्ने मान्छे म । पल्लो गाउँका भटभटे बाजेसित झ्याम्मै जम्काभेट भइहाल्यो । भटभटे बाजे निकै नाम चलेका पण्डित हुन् । यसरी भटभटे बाजेसित जम्का भेट हुनासाथै ए हे बाजे नमस्कार भनेँ, उनले पनि लु है नानी नमस्कार नमस्कार… यशस्विनी भव भन्दै कता हिँड्नु भयो भनी सोधे । मैले कामले हिँडेकी नि बाजे भनेँ । लु बाजे म चैँ गएँ आज मलाई हतार छ भनेर अलिक पर पुगेकी मात्र के थिएँ, ए नानी भनेर पछिल्तिरबाट बोलाए । हजुर भन्दै फर्केर हेरेकी बाजे मेरो नजिक आए भने, नानी तिम्रो घरमा लौका फलेको छ रे… मलाई साह्रै मनपर्छ । पेटको रोग हुनेले त लौका खानु भन्छन् । मलाई पनि एउटा दिनु न भन्दा भैहाल्ने थियो बाजेले कुरा लामै तन्काए । मैले भनेँ. ए हुन्छ नि लानुहोस् न तर आज भ्याउँदिन, भोलि है बाजे भन्दै म आफ्नो बाटो लागेँ ।

मेरो बारीमा फलेको सबै सागसब्जी उनलाई पहिलै थाहा भइहाल्ने । खै कसरी हो कुन्नि । मैले पनि कुनै सङ्कोच नमानी नै जे पनि दिन्थेँ । एकदिन घुम्दै उनको घर पुगेर बाजे नमस्कार भनेँ । हात उठाउँदै नमस्कार ऐश्वर्यवती भनी आशीर्वाद दिए । उनले लौकाकै कुरा निकाल्छन् बन्ने मलाई थाहा थियो । सुर्ती माड्दै बाजे बोले, अस्तिको लौका साह्रै मिठो नानी… औधि मिठो । उनको प्रश्न, अहिले चैँ बारीभरि के के छ रे । एकदिन फेरि माग्नु आउनुपर्‍यो ।

मैले तुरुन्तै जवाफ दिएँ, आज त म पो उल्टो तपाईंकोबाट केही मागेर लैजाउँ भनेर आएकी । बाजेले हतार हतार ओहो ! के छ र नानी मसित भने । मैले बाजे तपाईंकोमा त दानमा थुप्रै पलङहरू आउँछन् मलाई दिनुहोस् न एउटा, कति भन्नुहुन्छ पैसा लिनुहोस् । उनले हतार हतार छैन नि नानी । अस्ति पाँचवटा बिक्री गरिदिएँ तर म उभिएकी वरिपरि तीन-चारवटा पलङहरू देखेँ । मैले केही भनिनँ । बाजेको कुरो बुझेँ र भनेँ, ए हुन्छ बाजे म गएँ । उनले नम्र स्वरमा खै त नानी चिया पनि भएन ।

एकदिन उनै भटभटे बाजेकी बुहारी सङ्गिता मेरो घरमा आइन् । मैले बस्न दिएँ । विचरा मलाई अलिकति चामल पैँचो माग्न आएकी रहेछ । मैले भनेँ, तिम्रा त ससुरा पण्डित मान्छे, चामलको के कमी तिमीहरूलाई । उनले मायालाग्दो स्वरमा दिदी राम्रो चामल जति सबै बुवाले बेचिसके । हकुवा गन्हाउने चामल छ म खान सक्दिनँ । माइतमा बासमती खाएर हुर्कें । कति दिन भयो खाना खानै सकेकी छैन । मलाई माया लागेर दिइहालेँ अलिकति । मनमनै सोंचेँ, आफूले नखाइ नखाइ के बेचेका होलान् ती भटभटे बाजेले ।

लोभ पनि कति गर्न सकेका । घरमा नखाई नखाई सबै बेच्ने । न त एउटा राम्रो लुगा लगाउँछन् । बस् मरौको काममा पहिराएको लुगाले दिन बिताउने । अर्को मरौ नभइञ्जेल खोल्दैनन् बाजेले । उनले लुगा फेर्न कोही मर्नैपर्छ । नत्र उही पुरानै लुगामा । आफू त भइगए तर छोरी बुहारीलाई कहिले मार्केट गएर लुगा किन्ने कुरै छैन । कहिले कैयाँले पहिराएको भन्छन् कहिले त्यही गाउँमै लाग्ने टुक्रे बजारबाट किनेर ल्याई टाटो मार्छन् ।

ती भटभटे बाजे जति टाढ़ाबाट पैदले हिँडेरै आउँछन्… जान्छन् । टमटममा चढी हिँडेको अहिलेसम्म देखेकी छैन न गाडीमा बसेर आएका नै । धन सम्पत्ति भन्नुहुन्छ भने कति हो कति । दसवटा गाडी किनेर परिवारपिच्छे चढ्दा पनि पुग्छ । तर पैसाको लोभले एउटा लुङ्गी बेह्रेर गम्छा बाँधी हिँड्छन् हाम्रो गाउँका भटभटे बाजे । कहिले राम्रो लुगा लगाएको देखिनँ ।

हिजो त्यहीँ पर एउटा स्कूलको कार्यक्रममा बोलाएर गएकी थिएँ । समय भइसक्यो । कार्यक्रम शुरु नै गर्दैनन् सरहरूले । किन होला भनी पत्तो लगाएकी त प्रमुख अतिथि आकै छैनन् रे । तोकिएको समयको दुइ घण्टापछि कोट प्याण्ट टाइ लगाएर एकजना मान्छे आए । मैले साथीहरूलाई सोधेँ, यी मान्छे चैँ ठूला हाकिम हुन् कि क्या हो ? साथी चै स्कूल कमिटिमा भएकीले उनलाई सबै थाहा रहेछ र भनिन्, होइन नि यी भटभटे बाजेले हाम्रो स्कूललाई हिजो आएर गतिलो डोनेसन दिएका छन् । नत्र त कमिटीले अर्कै सरलाई प्रमुख अतिथि बनाउने निणर्य लिसकेको थियो । तर उनले भन्दा बढी डोनेसन यिनले दिए अनि उनलाई प्रमुख अतिथि बनाएका हौँ रे । म त छक्कै परेँ । हिजोसम्म अर्कै सरलाई प्रमुख अतिथिको आसनमा राख्ने कुरो थियो आज अलिकति पैसा धेर दिँदैमा अर्कै सर अतिथि भएछन् । हे भगवान ! कस्तो जमाना आयो । एकैक्षठममा माथि स्टेजमा बस्नु खदा माला लाउनुलाई गतिलो डोनेसन दिएका । उफ्फ्… अब त स्कूलतिर पनि पैसावालाको मात्रै जगजगी चल्ने भयो ।

कार्यक्रम सकियो । घर फर्किए बाटामा साथीहरूमाझ कुरा भयो । आम्बो यी सरले त नि स्कूललाई पचास हजार दिएछन् । हामी पनि गाउँमा पुराण गरौँ न । यी सरलाई नै बोलाउँ । मन्दिरमा रङ्ग पचेरा गर्ने अनि अगाडि मूर्ति राख्ने भनेर डोनेसन मागौँ न रे । मैले ठैट कहाँ दिन्छन् हौ त्यत्रो धेर पैसा । रबिनाको छुच्चो मुख । प्याच्चै बोली हाली । किन दिँदैनन् दिन्छन् नि । केटाहरू लानु हुँदैन हामी केटी केटी जानुपर्छ दिइहाल्छन् नि बूढाले सिरियस भएर रे । मैले भनेँ, पुराणमा त कहाँ चियरमा राख्न सकिन्छ र । त्यहाँ त बडे बडे पण्डितहरू हुन्छन् । पैसा दियो भने त पुराणमा पनि एउटा फिक्स चियर राखी दिँउला नि । पैसा दिने दिनेलाई एक एकदिन बोलाउनुपर्छ रे । साँच्ची नै पुराणको निम्तो पत्र लिएर गयौँ हामी केटी केटी । ती सरकहाँ पुगेर निम्तो पत्र दियौँ । हामीलाई दस हजार चन्दा दिए अनि भने, एकदिन मिलाएर आउँछु नि हामी पनि हुन्छ भन्दै फर्कियौँ । पुराणको पाँचौ दिनमा उनी आए हामीले खादा माला पहिराएर पण्डितजीकै छेउमा गतिलो आसनमा राखिदियौँ अनि पण्डितजीलाई अघि कान फुकेका थियौ, अतिथि आएपछि यस्तो भन्नू भनेर । पण्डित पनि त्यस्तै भन्नू त भन्छु तर मेरो पनि भाग लाग्नुपर्छ भन्छन् ।

केही समयपछि पण्डितले उनका कामहरुलाई उच्चस्तरीय सेवा बताउँदै मन्दिरको रङ्ग बचेरा अनि मूर्तिको कुरा राखे । उनले पण्डितजीको कानमा गएर सुटुक्कै भने मेरो बाट दुइ लाख मन्दिरलाई । पण्डितजी पनि आफ्नो हिस्सा दह्रो पाँउछु भनेर ठूलो स्वरमा दुई लाख दिने कुरा सार्वजनिक गरे । सबैले थपडी मारेर उनलाई सम्मान जनाइयो । ती दाता व्यक्ति खुसीले गदगद भएर केही थिएन ।

हन के साह्रो अचम्म आजकल त चियरको लोभले जे पनि गर्ने छिचिमिरा झैँ दाता देखिन थालेका छन् । यो लोभ कस्तो होला ? कसैले पैसा तिरेर पुरस्कार थाप्छन्नै । कसैले म यति हजार दिन्छु मलाई सम्मान गर भन्छन्, कसैले म यति दिन्छ मलाई प्रमुख अतितिथको आसन चाहिन्छ भन्छन् । के साह्रो लोभी भए मान्छेहरू ! अब त जे गरेर भए पनि पैसा कमायो भने भइहाल्दोरहेछ । सुकार्य गर्नु मेहनत गर्नु समाज सेवा गर्नु भुलिसके । कुनै पनि कार्यक्रममा चेयर पाए भइगयो ।

तपाईंहरूका गाउँघरतिर पनि नखाई नखाई पैसा बचाउने आफ्नो चैँ केही नदिने अर्काको चैँ पहिल्यै माग्ने भटभटे बाजे जस्ता अनि वियरको लोभमा भएभरको पैसा डोनेसन दिएर अतिथिको आसन किन्ने ती सर जस्ता अनि पुराणको नाममा डोनेसन दिएर विराट चियरमा मैँ हुँ भनी बसी नाम कमाउन खोज्ने अनि भगवानलाई चढाएका भेटीमा भाग खोज्ने तथाकथित् पण्डित जस्ता मान्छेहरू छन् कि छैनन् याद गर्नुहोला ।

यस्तो पाराले हो भने भविष्यमा कुनै पनि कार्यक्रमको महत्व हराएर जाला । होसियार ।

०००
सिलीगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x