साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदको सम्मान

स्वतन्त्रता र स्वाधीनतानिम्ति रक्तबलि सिँचेको छ आफूलाई बिर्सेर अरूलाई आत्मामाझ बोकेको छ हिमाल-तराई अङ्गालेर सर्वजातिकै हित सोचेको छ नेपाल र नेपालीको दिव्योत्थानमै मनमुटु जोतेको छ हो, म त्यही शहीदको सलाममा मेरा भावहरू सुम्पन्छु ।

Nepal Telecom ad

डा. भरतकुमार भट्टराई :

घाँसपात सोहोरेर शहीद घोषणा गर्नेहरू
आफ्नो शासन र टाउको जोगाउनलाई
सर्तले स्वार्थमा शहीदको टिका लाइदिनेहरू
देश र समाजलाई भन्दा व्यक्तिका लोभले
अनाहकमा मरेका वा मारिएकाहरूलाई
शहीदको पवित्र नाममा कलङ्क लगाउन
सस्तो निन्दनीय निणर्य गरेर अपमान नगर
डाका र हत्याराहरू कहिल्यै र कसै गरेर पनि
शहीदका महान् पङ्क्तिमाझ पक्कै उभिँदैनन्
पानीमरुवा आत्महत्याका घिनलाग्दा मरणलाई
शासकले जतिसुकै धोईपखाली गरी देखाऊन्
ती कदापि राष्ट्रका अमूल्य गहना मानिँदै आएका
हाम्रा प्रिय शहीदहरूमा दरिन सक्ने छैनन् पनि
कुनै दुर्घटनामा ज्यान गुमाएका गुमनामहरूलाई
शहीदका नामावलीमा समेटेर गम्किनेहरूले बुझ –
त्याग र समर्पणका प्रतिबिम्ब बनेका देशका प्राण
सच्चा सहादतमा उज्ज्वल हिराझैँ देदीप्यमान ती
युगौँयुगसम्म अजरामर तारासमान चमचम चम्कने
प्रजातन्त्र-लोकतन्त्रका योद्धाका उच्च आसनमाथि
नेपाली आत्माले स्वीकार गर्नेछैन र गर्न दिनेछैन नै
शहीदको सच्चा सम्मान त्यो मात्रै हुन्छ जहाँ उसले-
प्राणोत्सर्ग गर्न निस्स्वार्थ सङ्कल्पले उत्प्रेरित भई
नेपाली माटो र मनलाई मृत्युको सलाम ठोकेको छ
स्वतन्त्रता र स्वाधीनतानिम्ति रक्तबलि सिँचेको छ
आफूलाई बिर्सेर अरूलाई आत्मामाझ बोकेको छ
हिमाल-तराई अङ्गालेर सर्वजातिकै हित सोचेको छ
नेपाल र नेपालीको दिव्योत्थानमै मनमुटु जोतेको छ
हो, म त्यही शहीदको सलाममा मेरा भावहरू सुम्पन्छु
हो, म तिनै विराट् चेतनाका सपनामा फूलहरू अर्पन्छु ।

०००
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x