साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निकम्मा पति

भट्टी छ उस्को अति रम्य ठाउँ इच्छा असाध्यै अझ ट्वाक लाऊँ । डुलेर खाने नगरेर कर्म उदेक लाग्दो सकिएछ धर्म ! ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

मातेर हिँड्ने अति खान्छ दारु
ढाँटेर सक्ने गफको सिपालु ।
न भाँच्छ सिन्को सरदार हुन्छ
भएर जुम्सो अझ वीर ठान्छ ॥१॥

साथी छ उस्तै अनि हुन्छ भेला
धोकेर मान्छे किन भर्छ मेला ?
पिसाब फेर्दा कपडा छ सिक्त
अहो! विचित्रै न त मान्छ दिक्क ॥२॥

खेल्दो छ चिट्ठाअनि तास कौडा
हारेर सारा गहना र सौदा ।
गरेर दङ्गा खति रक्तपात
अहो ! अनौठो मति भ्रष्ट जात ॥३॥

रित्तो छ खल्ती न त साथ झोला
यस्तै रहेमा कति घात होला ?
जहान बच्चा अलपत्र सारा
कसो गरी चल्छ कठै ! गुजारा ॥४॥

भट्टी छ उस्को अति रम्य ठाउँ
इच्छा असाध्यै अझ ट्वाक लाऊँ ।
डुलेर खाने नगरेर कर्म
उदेक लाग्दो सकिएछ धर्म ! ॥५॥

मातेर नाला बिच हुन्छ माथ
सुन्नै नसक्ने पनि गर्छ बात ।
लडेर उठ्दै घर पुग्छ राति
पिटेर भार्या अझ हाँस्छ पापी ॥६

पत्नी छ औधी दिलकी उदार
स्याहार गर्छे पति बारबार ।
हरे ! निकम्मा पति के छ काम ?
मरे कसैले न त भन्छ राम ॥७

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x