साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच टुक्रा कविता

केवल हामी मात्र होइन विश्वका धेरै राष्ट्रहरू चकित भएका छन् अझैँ निहुँ खोजी-खोजी रडाको मच्चाउने दुवै थरी भेडाहरू थकित भएका छन् ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

१.
सोचाइमा अपभ्रंश हुन्छ
हृदय भित्रै विध्वंश हुन्छ
मति बिग्रन्छ ज्ञान हराउँछ
जुन वेला आफ्नै मन कंश हुन्छ
फाटेको मन चित्तले सिउन थाल्यो भने
वनस्पतिले आफ्नो फल खाएर जिउन थाल्यो भने
यो संसारमा झोक र प्यास हराउथ्यो होला
नदीले आफ्नै जल पिउन थाल्यो भने ।

२.
कपालका रौहरू एउटा पनि कालो छैन
तापनि जागिर भने छोड्न सक्दैन
सकी नसकी हुत्तिदै, हुत्तिदै
दशै बजे अफिस छोप्न पुग्छ, तीर्थे
विद्यार्थी हुँदाको गफ चुटेर,
जागिर पचाउँछ ।

३.
अर्काको इज्जत च्याँखे थाप्ने
वरपरको सबै कसिङ्गर बटुल्ने
सोझा र निमुखा जनतालाई
धाक र रवाफ जमाई
सर्लक्क निल्न खोज्ने
जाल साँची, चाकरी र चुक्ली ।

४.
नेता त त्यस्ता पो नेता
जसले राजनीतिलाई सत्यको लडाइँ बनाए
कुनै ठाउँका नेता कस्ता नेता
कुर्सीको झगडा गर्दा गर्दै आफैँ गन्हाए ।

५.
केवल हामी मात्र होइन
विश्वका धेरै राष्ट्रहरू चकित भएका छन्
अझैँ निहुँ खोजी-खोजी रडाको मच्चाउने
दुवै थरी भेडाहरू थकित भएका छन् ।

०००
पोखरा- १०, हाल संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x