सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाँच टुक्रा कविता

केवल हामी मात्र होइन विश्वका धेरै राष्ट्रहरू चकित भएका छन् अझैँ निहुँ खोजी-खोजी रडाको मच्चाउने दुवै थरी भेडाहरू थकित भएका छन् ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

१.
सोचाइमा अपभ्रंश हुन्छ
हृदय भित्रै विध्वंश हुन्छ
मति बिग्रन्छ ज्ञान हराउँछ
जुन वेला आफ्नै मन कंश हुन्छ
फाटेको मन चित्तले सिउन थाल्यो भने
वनस्पतिले आफ्नो फल खाएर जिउन थाल्यो भने
यो संसारमा झोक र प्यास हराउथ्यो होला
नदीले आफ्नै जल पिउन थाल्यो भने ।

२.
कपालका रौहरू एउटा पनि कालो छैन
तापनि जागिर भने छोड्न सक्दैन
सकी नसकी हुत्तिदै, हुत्तिदै
दशै बजे अफिस छोप्न पुग्छ, तीर्थे
विद्यार्थी हुँदाको गफ चुटेर,
जागिर पचाउँछ ।

३.
अर्काको इज्जत च्याँखे थाप्ने
वरपरको सबै कसिङ्गर बटुल्ने
सोझा र निमुखा जनतालाई
धाक र रवाफ जमाई
सर्लक्क निल्न खोज्ने
जाल साँची, चाकरी र चुक्ली ।

४.
नेता त त्यस्ता पो नेता
जसले राजनीतिलाई सत्यको लडाइँ बनाए
कुनै ठाउँका नेता कस्ता नेता
कुर्सीको झगडा गर्दा गर्दै आफैँ गन्हाए ।

५.
केवल हामी मात्र होइन
विश्वका धेरै राष्ट्रहरू चकित भएका छन्
अझैँ निहुँ खोजी-खोजी रडाको मच्चाउने
दुवै थरी भेडाहरू थकित भएका छन् ।

०००
पोखरा- १०, हाल संयुक्त राज्य अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुई नेत्र तीन दृष्टि

दुई नेत्र तीन दृष्टि

तीर्थराज अधिकारी
यसरी फाल्न त पाइँदैन नि

यसरी फाल्न त पाइँदैन...

तीर्थराज अधिकारी
प्रेस्क्रिप्शन नबुझ्दा

प्रेस्क्रिप्शन नबुझ्दा

तीर्थराज अधिकारी
मेरो छोरा त नौ वर्षको छ नि त

मेरो छोरा त नौ...

तीर्थराज अधिकारी
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’