साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन् यहाँ

आफूमात्र ठुलो भनी गफ चुटी ठग्नेहरू छन् यहाँ खोलाको जलझैँ सधैँ जिरहमा बग्नेहरू छन् यहाँ नातावाद चलाउँदै भुवनमा नाच्नेहरू छन् यहाँ फोस्रा धाक रवाफका गिरिहरू साँच्नेहरू छन् यहाँ ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक

आमाको पसिना तथा खुन पिई बाँच्नेहरू छन् यहाँ
मर्दा ती जनता मुसुक्क मनले हाँस्नेहरू छन् यहाँ
माटोसम्म भुली विदेशतिर पो जानेहरू छन् यहाँ
बेची ताल धरा हिरा र सरिता खानेहरू छन् यहाँ ।

भ्रष्टाचार गरी सधैँ रकममा सुत्नेहरू छन् यहाँ
दैलो या सिकुवा र आँगनतिरै चुट्नेहरू छन् यहाँ
काट्टो खान खुसुक्क राति जहिले उठ्नेहरू छन् यहाँ
हत्यारा जति छन् निकाल्न बलले जुट्नेहरू छन् यहाँ ।

झन्डाको महिमा महत्त्व गरिमा भुल्नेहरू छन् यहाँ
पानीभित्र चिनी तुरुन्त जसरी घुल्नेहरू छन् यहाँ
नेपाली युवती युवा मुलुकका बेच्नेहरू छन् यहाँ
आफ्नै बन्धुभनी ठगी पर लगी रेट्नेहरू छन् यहाँ ।

आफूमात्र ठुलो भनी गफ चुटी ठग्नेहरू छन् यहाँ
खोलाको जलझैँ सधैँ जिरहमा बग्नेहरू छन् यहाँ
नातावाद चलाउँदै भुवनमा नाच्नेहरू छन् यहाँ
फोस्राधाक रवाफका गिरिहरू साँच्नेहरू छन् यहाँ ।

झुट्टा भाषणका पुराण जहिले बाच्नेहरू छन् यहाँ
सोझाको जिउढाड गर्दन सधैँ भाँच्नेहरू छ्न् यहाँ
आफ्नो बर्कतको हिसाब नगरी बोल्नेहरू छन् यहाँ
सिस्नोझैँ मुटु च्वास्सच्वास्स जहिले पोल्नेहरू छन् यहाँ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सत्य बात

सत्य बात

बिन्दु दहाल ‘मूकदर्शक’
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x