साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को हो त्यो ?

आश्वासनको हरियो घाँस देखाएर सडकमा गरिबहरूको बजार लाएर ढाडै ढाडमा टेक्दै सत्ताको गद्दीमा चढ्ने उतरतिर हेरेर शङ्ख बजाउने । को हो त्यो ?

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

को हो त्यो ?
फेदीका ढुङ्गाहरू कुल्चिएर
ढुङ्गैढुङ्गाको भर्‍याङ चढ्दै
टाकुराको ढुङ्गामा फूल चढाउन पुग्छ
टाकुराको ढुङ्गासँग आशीर्वाद माग्छ

ओर्लन्छ
को हो त्यो ?

निधारभरि अविर टाँसेर
शिरभरि मृत पुष्प छर्किएर
अरुलाई ओइलाएका फूलहरू बाँड्दै हिँड्छ ।
शितलु मिठाइमा
आफू आशिर्वाद प्राप्त भएको विज्ञापन
छर्दै हिँड्छ
को हो त्यो ?

ऊ पुजारी हो
पैसा माल र मस्तीको
ऊ कारण हो
अराजकताको
ऊ सूत्राधार हो
देश विखण्डनको
हामी उस्को अन्त्य चाहन्छौँ
तर
हाम्रो अन्त्य गराइरहेछ त्यो
को हो त्यो ?

आश्वासनको हरियो घाँस देखाएर
सडकमा गरिबहरूको बजार लाएर
ढाडै ढाडमा टेक्दै
सत्ताको गद्दीमा चढ्ने
उतरतिर हेरेर शङ्ख बजाउने
दक्षिणतर्फ फर्किएर हनुमानचालिसा पढ्ने
काम माग्नेलाई गोली पिलाउने
पछिलाग्नेलाई झोेली भिराउने
को हो त्यो ?

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x