साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकजमात छेपाराहरू !!

माटोका ढिस्का झैँ चैतको डढेलो सल्किसकेका छन् न अतीत न भविष्य वर्तमानका एकडङ्गुर छेपारा देख्नै नपाइने सुरुङ् छिर्दै छन् जमात जम्मा भएर धैर्यहीन छेपाराहरू विचारहीन बेचाराहरू !!

Nepal Telecom ad

कलानिधि दाहाल :

उलट्पलट्मा
पलट्उलट्मा
छलाङ् मार्न खोज्नेहरू
मार्न खोजेका छलाङ्हरू
छेपारो रङ्का
हुनसक्छन् प्रधानमन्त्री पनि
राष्ट्रपति पनि
नेताकार्यकर्ता अझ बढी
जसको
न हिजो थियो
न हुने छ भोलि
पर्सिको त कुरै नगरौँ
आज नै हराइसकेका छन्
वनमारा माथिमाथि
दौड फड्केर
घारी पसेका छेपाराझैँ
अहिले
एकछिन्
सिँगौरी त
घाँसमाथि लडीबुडी
मडारिएको भैंसी पनि खेल्छ
दिलदिमाखको डिलमा बसेर
मस्रिणमिही रेखाधार हिँड्न त
धैर्यको धावक चाहिन्छ
संयमको साहस चाहिन्छ
स्यालपछि लागेको मृगझैँ
मनको चितुवाले
चिथोर्न लागेको मनझैँ
पाइलाविहीन पाइलाहरू
धैर्यविहीन धावकहरू
कुन् बेला
कता चिप्लन्छन्
अरू त अरू
उनीहरू स्वयंलाई थाहा छ
न हिजो थिएँ
न भोलि हुन्छु
बिचरा छेपाराहरू
पल्भर कुद्दै छन्
वनमारामाथि
चिप्लो गोरेटोमाथि
छङ्गाछुर भीरको छेउमा
घाँस चर्दै गरेको गोरुझैँ
फर्केपछि
न उसको
पदचाप बाँकी रहन्छ
न उसको
तनको छाप बाँकी रहन्छ
निर्वाध आफैँमा
सुतेको पाखो छँदै छ
निर्द्वन्द्व आफैँमा
अग्लेको पहाड
उचाइ थपिरहन्छ
यी ढिस्काहरू
कमिलाका ताँतीले
एकछिन् छातीमा बोकेको
माटो न हुन्
प्रयासको लामो प्रहरमा
तर्सेर बने
झस्केर भत्कन्छन्
पल्भर डायनोसर त
बरु इतिहासमा
खोजको थेसिस उभिन्छन्
तर छेपाराका क्षणिक
रङ्ग लामहरू
वनमाराका शिर कुदेर
पानीका फोका झैँ
माटोका ढिस्का झैँ
चैतको डढेलो सल्किसकेका छन्
न अतीत
न भविष्य
वर्तमानका
एकडङ्गुर छेपारा
देख्नै नपाइने
सुरुङ् छिर्दै छन्
जमात जम्मा भएर
धैर्यहीन छेपाराहरू
विचारहीन बेचाराहरू !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x