साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाक टारौँ कसोरी

पैह्रो आयो करेसा पुर्न थालेछ भारी माटो थुप्रो परेको को छ फाल्ने उधारी बाँझो बस्दा फुलेको झार बोके छ घारी आधामाना छ पीठो छाक टारौँ कसोरी ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

बाबा आमा छिमेकी वृद्ध वृद्धा छहारी
काका काकी धनी छन् गर्न थाले जुहारी
खाने के हो र आमा भन्न थालिन् किशोरी
आधामाना छ पीठो छाक टारौँ कसोरी ।१

गाईभैँसी र बाख्रा हेर्न जाने बुहारी
डाँडापाखा पखेरा कन्दरामा चहारी
पाडाबाच्छा बकेर्ना गोठमा छन् हजारी
आधामाना मकैले भोक टारौँ कसोरी ।२

पैसावाला यताका खोज्न हिँड्छन् कमारी
होला कस्तो कसैको भाग्य रेखा र नारी
आफ्नो यस्तो अवस्था देख्छ कोही पुजारी
आधामाना छ पीठो छाक टारौँ कसोरी ।३

डाँडाभाटा र छाना खस्ने लाग्छन् तयारी
भित्ता गाह्रा भिराला बन्न थाले भकारी
लिप्ने टाल्ने गरे पो खन्न माटो छ बारी
आधामाना छ पीठो छाक टारौँ कसोरी ।४

पैह्रो आयो करेसा पुर्न थालेछ भारी
माटो थुप्रो परेको को छ फाल्ने उधारी
बाँझो बस्दा फुलेको झार बोके छ घारी
आधामाना छ पीठो छाक टारौँ कसोरी ।५

लालाबाला रुँदैछन् काम मिल्दैन कोरी
टारी बारी बनेली लाज मान्दैछ छोरी
पाटोबारी पहेंलो फुल्न थालेछ तोरी
प्यारा सन्तानको खै भोक टार्ने कसोरी ।६

०००
नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x