सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छाक टारौँ कसोरी

पैह्रो आयो करेसा पुर्न थालेछ भारी माटो थुप्रो परेको को छ फाल्ने उधारी बाँझो बस्दा फुलेको झार बोके छ घारी आधामाना छ पीठो छाक टारौँ कसोरी ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

बाबा आमा छिमेकी वृद्ध वृद्धा छहारी
काका काकी धनी छन् गर्न थाले जुहारी
खाने के हो र आमा भन्न थालिन् किशोरी
आधामाना छ पीठो छाक टारौँ कसोरी ।१

गाईभैँसी र बाख्रा हेर्न जाने बुहारी
डाँडापाखा पखेरा कन्दरामा चहारी
पाडाबाच्छा बकेर्ना गोठमा छन् हजारी
आधामाना मकैले भोक टारौँ कसोरी ।२

पैसावाला यताका खोज्न हिँड्छन् कमारी
होला कस्तो कसैको भाग्य रेखा र नारी
आफ्नो यस्तो अवस्था देख्छ कोही पुजारी
आधामाना छ पीठो छाक टारौँ कसोरी ।३

डाँडाभाटा र छाना खस्ने लाग्छन् तयारी
भित्ता गाह्रा भिराला बन्न थाले भकारी
लिप्ने टाल्ने गरे पो खन्न माटो छ बारी
आधामाना छ पीठो छाक टारौँ कसोरी ।४

पैह्रो आयो करेसा पुर्न थालेछ भारी
माटो थुप्रो परेको को छ फाल्ने उधारी
बाँझो बस्दा फुलेको झार बोके छ घारी
आधामाना छ पीठो छाक टारौँ कसोरी ।५

लालाबाला रुँदैछन् काम मिल्दैन कोरी
टारी बारी बनेली लाज मान्दैछ छोरी
पाटोबारी पहेंलो फुल्न थालेछ तोरी
प्यारा सन्तानको खै भोक टार्ने कसोरी ।६

०००
नवलपरासी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खेदौँ फटाहा

खेदौँ फटाहा

टङ्कराज ढकाल ‘तितेपाती’
नशा 

नशा 

टङ्कराज ढकाल ‘तितेपाती’
बिर्सिन् क्या यी शालिनीले मलाई

बिर्सिन् क्या यी शालिनीले...

टङ्कराज ढकाल ‘तितेपाती’
उधारो नतिर्ने पारा छ के हो ?

उधारो नतिर्ने पारा छ...

टङ्कराज ढकाल ‘तितेपाती’
छोपेर छोपिन्न

छोपेर छोपिन्न

टङ्कराज ढकाल ‘तितेपाती’
अगस्ति झमेला

अगस्ति झमेला

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख