साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

आजभोलि राजनीति त अवसरकाे खेती भयाे चाटाचाट र काटाकाटकाे कामै मात्रै तेती भयाे जस्लाई पनि अघि बढ्न बेइमानी नै गर्नुपर्छ जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

अवसरकाे खेती राम्राे बीउ छर्दै गर्नुपर्छ
सरेक कतातिर पर्छ अघिपछि सर्नुपर्छ
बलियाे बन्न कहाँ त्यति सजिलाे त हुन्छ हजुर !
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ ।

कहिले यता यता भन्दै दगुरेर कुद्नु पर्छ
कहिले उता पाे त राम्राे भन्दै फेरि जुध्नुपर्छ
सिद्धान्त र आदर्शकाे चण्डिपाठ नि गर्नुपर्छ
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ ।

लुकीलुकी तलका र माथिकालाई भेट्नुपर्छ
अस्ति रट्या छाडा डाइलग भागबण्डाले मेट्नुपर्छ
चाप्चाप् चुप्चुप् थम्थाम् थुम्थुम् गर्दै पनि गर्नुपर्छ
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ ।

आजभोलि राजनीति त अवसरकाे खेती भयाे
चाटाचाट र काटाकाटकाे कामै मात्रै तेती भयाे
जस्लाई पनि अघि बढ्न बेइमानी नै गर्नुपर्छ
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x