सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कालो सर्प

यो वाचा सबले गरी मनमनै उठ्ने जमर्को गरे पूरा हुन्छ तमाम कार्य सजिलै आत्मीय आभा छरे ढुङ्गा फुट्छ यहाँ बजार घनले पीठो धुलो बन्दछ जागौँ हे ! जनता जुटौँ समयमै नेपालले भन्दछ ।

Nepal Telecom ad

बिन्दु दहाल मुकदर्शक :

कालो सर्प फणा फिजाउँछ उँधो डस्ने इरादा गरी
मेरो यो घरमा पस्यो अब सधैं टोक्ने भयो बेस्सरी
लुक्दै डस्न उँभो उठाउँछ फणा तर्केर भाग्दै छु म
बाँच्नै मुस्किल हुन्छ आज कसरी मारौँ कि भन्दै छु म ।

निद्रामा सपना बिगार्छ कहिले झस्का खुबै पार्दछ
साँच्चै आपतमा बनाउँछ सधैं आशा सबै मार्दछ
थुप्रै छन् घरमै सजाति उसका पर्खाइ रुङ्नेहरू
कालो काल बने कराल सबका कुप्रेर ठुङ्नेहरू

ढोकामा कहिले रहन्छ यसरी डस्ने गरी टाउको
भन्छन् ज्योतिषले रजाइँ घरमा चल्दै छ रे राहुको
पन्छाई ग्रहशान्ति गर्न अब को? जुट्ने यहाँ कर्ममा
लौरो खोज्नु शिवाय छैन सबले हानौँ दह्रो मर्ममा

यो वाचा सबले गरी मनमनै उठ्ने जमर्को गरे
पूरा हुन्छ तमाम कार्य सजिलै आत्मीय आभा छरे
ढुङ्गा फुट्छ यहाँ बजार घनले पीठो धुलो बन्दछ
जागौँ हे ! जनता जुटौँ समयमै नेपालले भन्दछ ।

०००
दमक, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’
छन् यहाँ

छन् यहाँ

बिन्दु दहाल ‘मूकदर्शक’
गोरु ब्याए

गोरु ब्याए

बिन्दु दहाल ‘मूकदर्शक’
सोचौँ कसी कन्धनी

सोचौँ कसी कन्धनी

बिन्दु दहाल ‘मूकदर्शक’
बरू

बरू

बिन्दु दहाल ‘मूकदर्शक’
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली