साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालो सर्प

यो वाचा सबले गरी मनमनै उठ्ने जमर्को गरे पूरा हुन्छ तमाम कार्य सजिलै आत्मीय आभा छरे ढुङ्गा फुट्छ यहाँ बजार घनले पीठो धुलो बन्दछ जागौँ हे ! जनता जुटौँ समयमै नेपालले भन्दछ ।

Nepal Telecom ad

बिन्दु दहाल मुकदर्शक :

कालो सर्प फणा फिजाउँछ उँधो डस्ने इरादा गरी
मेरो यो घरमा पस्यो अब सधैं टोक्ने भयो बेस्सरी
लुक्दै डस्न उँभो उठाउँछ फणा तर्केर भाग्दै छु म
बाँच्नै मुस्किल हुन्छ आज कसरी मारौँ कि भन्दै छु म ।

निद्रामा सपना बिगार्छ कहिले झस्का खुबै पार्दछ
साँच्चै आपतमा बनाउँछ सधैं आशा सबै मार्दछ
थुप्रै छन् घरमै सजाति उसका पर्खाइ रुङ्नेहरू
कालो काल बने कराल सबका कुप्रेर ठुङ्नेहरू

ढोकामा कहिले रहन्छ यसरी डस्ने गरी टाउको
भन्छन् ज्योतिषले रजाइँ घरमा चल्दै छ रे राहुको
पन्छाई ग्रहशान्ति गर्न अब को? जुट्ने यहाँ कर्ममा
लौरो खोज्नु शिवाय छैन सबले हानौँ दह्रो मर्ममा

यो वाचा सबले गरी मनमनै उठ्ने जमर्को गरे
पूरा हुन्छ तमाम कार्य सजिलै आत्मीय आभा छरे
ढुङ्गा फुट्छ यहाँ बजार घनले पीठो धुलो बन्दछ
जागौँ हे ! जनता जुटौँ समयमै नेपालले भन्दछ ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x