साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता हुन्छन् सधैँ उस्तै !!

सत्ता हुन्छन् सधैँ उस्तै पाखण्डहरुका घर ब्वाँसा चाप्लुसका सत्ता लाम लाग्छन् निरन्तर ! तिनमा कविता हुन्नन् क्वै हुन्नन् तिनमा कवि सामग्री हुन् सबै कच्चा छोप्ने कवित्वको छवि !!

Nepal Telecom ad

कलानिधि दाहाल :

जे बोलिन्छ त्यही त्यस्तै कविता हुन्न हो कवि
जे देखिन्छ त्यही त्यस्तै कविता हुन्न हो कवि !
जे गरिन्छ त्यही त्यस्तै कविता हुन्न हो कवि
जम्मै भित्र सजाएर कलाको दिव्य होस् छवि !!

जे बोलिन्छ त्यहीँ लेख्नु गफको गाइने कवि
जे गरिन्छ त्यही लेख्नु अज्ञानभित्रको कवि !
सम्भाषण छ जे लेख्नु नाराको हुन्छ त्यो कवि
जम्मै भित्र रही छोप्न दिव्यको निस्कियोस् छवि !!

आँसु गरिबका हुन्छन् दर्द हुन्छन् असैह्यका
पीडा व्यथा यता जम्मै तिनमै छन् असैह्यका !
धनी हुङ्कारमा हुन्छन् गर्जना छन् असैह्यका
अपराध सबै काला तिनमै छन् असैह्यका !!

सब हुन् कविता रानी कवितैभित्र आउँछन्
द्वन्द्व हुन्छन् यिनैभित्र नभए मुस्कुराउँछन् !
जिन्दगीभित्रका रूप दुईमै छन् टनाटन
प्रकृतिका यता यस्तै रूप छन् दुईटै क्रम !!

दुईका दुइटै रूप विषयान्तर मात्र हो
दुवैलाई सँगै मुछ्नु लेखनी वारपार हो !
समन्वय हुने शैली आआफ्ना बन्दछन् तर
कलाको भित्रको ज्योति टल्कनै पर्छ सुन्दर !!

सत्ता हुन्छन् सधैँ उस्तै पाखण्डहरूका घर
ब्वाँसा चाप्लुसका सत्ता लाम लाग्छन् निरन्तर !
तिनमा कविता हुन्नन् क्वै हुन्नन् तिनमा कवि
सामग्री हुन् सबै कच्चा छोप्ने कवित्वको छवि !!

देश निरीहको गीत नबनोस् सिर्जना ममा
केही सञ्चयको जीत नबनोस् सिर्जना ममा !
लालसाभित्रका गिद्दे दृष्टि क्यै नरहुन् ममा
धरा धप्प बनोस् खण्ड अखण्डभित्र सिर्जना !!

०००
कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x