साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तितो सत्य

स्वाँ स्वाँ गरेर बोल्दै भन्दैछ खान्छु के छ ? निल्नेछु एकलै यो सिङ्गो रहन्न देश मुर्दा समान मान्छे यो देश हाँक्छु भन्छ बाँडेर देश हाम्रो चिल्दै विशुद्ध ठान्छ ॥

Nepal Telecom ad

हरिप्रसाद रिमाल :

के के न हुन्छ भन्थ्यौँ यो लोकतन्त्रभित्र
मात्रै बने फटाहा दुर्भाग्य दृश्यचित्र
सिङ्गो थियो हिजो यो नेपाल भूमिचित्र
भन्छन् बनाउँदैछौँ लुट्छन् गरे विचित्र ॥१

सत्ता छ आज थाङ्ने बन्दैछ यो लुटेरो
तर्साउँदैछ सारा पुग्ला कहाँ कटेरो
के सुन्छ ? दुष्ट हाम्रो मागेर खान्छ आफैँ
उल्टो झपार्न थाल्यो सत्ता भयो बिरामी ॥२

गर्थ्यो धमास लाखौँ तारा खसाल्न सक्छु
कालै कुदेर आए गोही बनेर डस्छु
यो देशको पुजारी बन्नेछु है जुझारु
भन्थ्यो गरेन केही ओछ्यानको मधौरु ॥३

स्वाँ स्वाँ गरेर बोल्दै भन्दैछ खान्छु के छ ?
निल्नेछु एकलै यो सिङ्गो रहन्न देश
मुर्दा समान मान्छे यो देश हाँक्छु भन्छ
बाँढेर देश हाम्रो चिल्दै विशुद्ध ठान्छ ॥४

यस्ता सबै यहाँका नेता भनाउँदा छन्
आफ्नो भलो सबैले हेर्दा गनाउँदा छन्
भन्छन् ममात्र एक्लो यो देशको इमानी
हाँस्दै तिनै बकुल्ला छन् आज स्वाभिमानी ॥५

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
वृद्ध चिन्तन

वृद्ध चिन्तन

हरिप्रसाद रिमाल
देवकोटा स्मृति

देवकोटा स्मृति

हरिप्रसाद रिमाल
चटारो

चटारो

हरिप्रसाद रिमाल
पिता

पिता

हरिप्रसाद रिमाल
जन्म-दाता पितामाता

जन्म-दाता पितामाता

हरिप्रसाद रिमाल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x