साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुस्किल छ

भ्रष्टाचार गरी सबै मुलुक नै खोक्रो बनाए पनि अध्यादेश भनी अराजक हुने बाटो खनाए पनि हत्यारा जति छन् भटाभट सबै छोडी पठाए पनि नेता बन्न सकिन्न मुस्किल छ हौ धूलो चटाए पनि ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

रक्सी जाँड चुरोट मस्त तरुनी पैसा कमाए पनि
नेता बन्न सकिन्न उल्लिखितका सारा समाए पनि
नेता साधु समान छन् मुलुकमा विश्वास यो ठान्दछन्
नेता बन्न सधैँ छ मुस्किल यहाँ मान्छे यही भन्दछन् ।

खोला ताल जडीबुटी जति सबै बेची सकाए पनि
हाम्रा कर्मठ यी युवागण सबै अन्तै धपाए पनि
पक्रेको सुनको हिसाब नगरी जम्मै लुकाए पनि
नेता बन्न सकिन्न यो मुलुकमा धोती फुकाए पनि ।

ख्वाप्पै निल्न सकेर हुन्न ललिता जग्गा तथा लाउडा
सक्नै पर्छ पचाउने गजबको मस्तिष्क साँच्चै कडा
कालो गोरु हुँदाहुँदै मनखुसी सेतो भनेता पनि
नेता बन्न सकिन्न भोट जहिले ढाँटी गनेता पनि ।

भ्रष्टाचार गरी सबै मुलुक नै खोक्रो बनाए पनि
अध्यादेश भनी अराजक हुने बाटो खनाए पनि
हत्यारा जति छन् भटाभट सबै छोडी पठाए पनि
नेता बन्न सकिन्न मुस्किल छ हौ धूलो चटाए पनि ।

झुट्टा भाषणले समग्र जनता ठग्ने गरेता पनि
फोहोरी टुकुचा बनी हरघडी बग्ने गरेता पनि
होली वाइन जो चिरिप्प मुखमा हाली हँसाए पनि
नेता बन्न सकिन्न बुझौँ सुजन हो तारा खसाए पनि ।

०००
दमक ८, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x