सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सरकार बनाउन देऊ

सरकार बाहिर बस्दा सबै नराम्रो मात्रै देख्ने सरकारी चश्माले भ्रष्टाचारको दृश्य छेक्ने भेडाहरूको हुलमा आफू फूल हुने बर्षौंको लगानी पनि असुल हुने आफ्ना आफन्तका बदमासी सबै लुकाउन देऊ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

फेरि एकपल्ट डुङ्डुङ्ती गन्हाउन देऊ
आँत हरहर भइसक्यो भाइ !
फेरि एकपल्ट सरकार बनाउन देऊ !

मञ्चहरू म विना कति फिका देखिन्छन्
मालाहरू ओइलाएका जस्ता छन्
माइकले मेरो सास नसुनेको धेरै भइसक्यो
पद विना म पानी विनाको माछो जस्तै भएको छु
थारो गाईको बाच्छो जस्तै भएको छु
कमिसनवालाले पनि हेर्दैनन्
व्यापारी ठेकेदारले पनि टेर्दैनन्
फेरि एकपल्ट कुर्सीको समिपमा भन्भनाउन देऊ
आँत हरहर भइसक्यो भाइ
फेरि एकपल्ट सरकार बनाउन देऊ ।

कतिपय देश अझै घुम्न बाँकी नै छ
विदेशी मदिरामा झुम्न बाँकी नै छ
कतिकति अपराध लुकाउन बाँकी नै छ
अड्किएका आशाहरू फुकाउन बाँकी नै छ
आफ्नाहरूलाई लाइनमा लगाउनु छ
मन नमिल्नेको पखेटा काट्नु छ
सदाका लागि प….र भगाउनु छ
फेरि एकपल्ट ढँटुवा गीत गाउन देऊ
आँत हरहर भइसक्यो भाइ
फेरि एकपल्ट सरकार बनाउन देऊ ।

सरकार बाहिर बस्दा सबै नराम्रो मात्रै देख्ने
सरकारी चश्माले भ्रष्टाचारको दृश्य छेक्ने
भेडाहरूको हुलमा आफू फूल हुने
बर्षौंको लगानी पनि असुल हुने
आफ्ना आफन्तका बदमासी सबै लुकाउन देऊ
आँत हरहर भइसक्यो भाइ !
फेरि सरकार बनाउन देऊ !

०००
गौरादह, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
रुख

रुख

खगेन्द्र नेउपाने
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’