साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार बनाउन देऊ

सरकार बाहिर बस्दा सबै नराम्रो मात्रै देख्ने सरकारी चश्माले भ्रष्टाचारको दृश्य छेक्ने भेडाहरूको हुलमा आफू फूल हुने बर्षौंको लगानी पनि असुल हुने आफ्ना आफन्तका बदमासी सबै लुकाउन देऊ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

फेरि एकपल्ट डुङ्डुङ्ती गन्हाउन देऊ
आँत हरहर भइसक्यो भाइ !
फेरि एकपल्ट सरकार बनाउन देऊ !

मञ्चहरू म विना कति फिका देखिन्छन्
मालाहरू ओइलाएका जस्ता छन्
माइकले मेरो सास नसुनेको धेरै भइसक्यो
पद विना म पानी विनाको माछो जस्तै भएको छु
थारो गाईको बाच्छो जस्तै भएको छु
कमिसनवालाले पनि हेर्दैनन्
व्यापारी ठेकेदारले पनि टेर्दैनन्
फेरि एकपल्ट कुर्सीको समिपमा भन्भनाउन देऊ
आँत हरहर भइसक्यो भाइ
फेरि एकपल्ट सरकार बनाउन देऊ ।

कतिपय देश अझै घुम्न बाँकी नै छ
विदेशी मदिरामा झुम्न बाँकी नै छ
कतिकति अपराध लुकाउन बाँकी नै छ
अड्किएका आशाहरू फुकाउन बाँकी नै छ
आफ्नाहरूलाई लाइनमा लगाउनु छ
मन नमिल्नेको पखेटा काट्नु छ
सदाका लागि प….र भगाउनु छ
फेरि एकपल्ट ढँटुवा गीत गाउन देऊ
आँत हरहर भइसक्यो भाइ
फेरि एकपल्ट सरकार बनाउन देऊ ।

सरकार बाहिर बस्दा सबै नराम्रो मात्रै देख्ने
सरकारी चश्माले भ्रष्टाचारको दृश्य छेक्ने
भेडाहरूको हुलमा आफू फूल हुने
बर्षौंको लगानी पनि असुल हुने
आफ्ना आफन्तका बदमासी सबै लुकाउन देऊ
आँत हरहर भइसक्यो भाइ !
फेरि सरकार बनाउन देऊ !

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x