साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष !!

नाचूँ छम्छम या कुदूँ गजबले के के गरूँझैँ छु म बाँडूँ बाँड्न सके सकौँ सब सकौँ एक्लो सरूँझैँ छु म ! जम्काभेट गरौँ नयाँ सब गरौँ थोत्रा उडुन् पत्कर नौलो होस् पन हर्ष वर्ष भर नै जीवन्त होस् सुन्दर !!

Nepal Telecom ad

कलानिधि दाहाल :

आयो हर्ष लिएर वर्ष नवको सङ्घर्ष धेरै गरी
वर्षा ग्रीष्म सही सही सतहका पारा अनेकौँ थरी !
झुल्के घाम बिहानका क्षितिजमा उत्साह ओर्ले तर
मान्छे मानवमा पुगे अझ सफा हुन्थ्यो धरा सुन्दर !!

पट्पट्पट् पिपिरा फुटे जमिनमा आश्चर्य आकर्षक
झट्टै यो नव रङ्गराग रमिता उत्साह उत्कर्षक !
अग्लन्छन् क्षणमा यता वय नयाँ सौन्दर्यका जाँगर
मान्छे मानवझैँ भए अझ बढी बन्थ्यो धरा सुन्दर !!

छैनन् रिक्त गुफा गरा विरसका सौन्दर्य छायो सब
भित्री भाग कहीँ कतै अझ उता माधुर्यमा गौरव !
वासन्ती पल यो पियार बलमा बैँसे सरी उर्वर
मान्छे मानव बैँसले अलि उठे हुन्थे सबै सुन्दर!!

बोक्रा उक्कन छन् तयार सब यी थोत्रा भएका जति
आफैँ हट्न हतार स्वागत नयाँ गर्ने बनी आकृति!
लाली शैल शिखा शिला शिविर छन् बन्ने अझै उर्वर
मान्छे यो गतिमा उठे अझ उठे बन्थे सधैँ सुन्दर !!

पाखा छन् हरिया यता बगलमा नौला लिई चाहना
सारा बाग नयाँ नयाँ र रसिला हृद्केन्द्रका भावना !
बोक्राझैँ मन दाग कल्मष सबै खुर्केर फाले पर
साँच्चै यो नव वर्षझैँ जन भए बन्थ्यो धरा सुन्दर !!

छोपी खाडल उम्रिए जग छटा छाँगा छहारी तल
सारै कञ्चन छन् सफा अझ सफा झर्ना झरेका जल!
चर्छन् शावक चप्प चप्प वनमा छन् पाउ चल्ने चर
नौलो यो नव वर्षझैँ जन भए बन्ने धरा सुन्दर !!

इन्द्रेणी अझ सप्त रङ्ग पहिरी ओर्ली पुगी सागर
पौडी खेल्न सिपालु प्यार पलमा झिक्दै नयाँ जाँगर !
वर्षा हेर्छ उता छ यो शिशिरको नाङ्गो यता तस्विर
कस्तो व्योम विचार सुन्दर सफा आफ्नै कलाको शिर !!

नाचूँ छम्छम या कुदूँ गजबले के के गरूँझैँ छु म
बाँडूँ बाँड्न सके सकौँ सब सकौँ एक्लो सरूँझैँ छु म !
जम्काभेट गरौँ नयाँ सब गरौँ थोत्रा उडुन् पत्कर
नौलो होस् पन हर्ष वर्ष भर नै जीवन्त होस् सुन्दर !!

स्वार्थी भाव हटुन् हिमाल मन होस् होस् भावना ह्यूँचुली
सारा सिर्जन प्यार पल्लव पला बन्दै अनौठा फुली !
भुल्कुन् भुल्भुल मूल भाव भव होस् आफैँ भरी सिर्जना
एकासी नव वर्ष हर्ष चुलियोस् गर्छु म यो कामना !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x