साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्मे फेरि मुसा

के गर्दा शुभ हुन्छ यो मुलुकमा चाँडो बताओ सब यी ढाडे र मुसा भए अधिक हा ! के हुन्छ मार्दा अब ? कामै छैन बिगार मात्र यिनले गर्छन् र बस्छ्न् घर यी हुन्जेल हुँदैन सभ्य घर यो हट्दैन कालो डर ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

जन्मे फेरि मुसा सबै सहर या सम्पूर्ण बस्तीभरि
खाए धान मकै र वस्त्र अनि ती बस्छ्न् तमासा गरी
हेर्दा साधु समान छन् तर सधैँ खान्छ्न् दुलामा लुकी
सारा छन् अति दुष्ट धूर्त मतिका ती दाउ हेर्छ्न् ढुकी ।

प्वालैप्वाल भए विमान पथ ती डाला र बोरा पनि
उस्तै छ्न् सब यी मुसा किन सधैँ काला र गोरा पनि
बानी चाल उही भएछ कसरी शङ्का कसैमा गए
पैसाका हरिया मुठा मिलिजुली खाएर मोटा भए ।

काढ्छ्न् हुर्मत यी ठुला र डुहुरे गन्धे छुचुन्द्रा मिली
वाचाबन्धनका विधान कसरी दुब्ला बनाए छिली ?
पस्छ्न् मन्दिरमा कुनै बगरमा भन्सारमा छिर्दछ्न्
काटी तारहरू सुटुक्क यिनले सञ्चारमा पिर्दछ्न् ।

ढाडे छ्न् घरमा परन्तु यिनले हेर्छन् कुनामा बसी
आशीर्वाद उही मुसी हुन मिल्यो चङ्खे कमेरो घसी
आस्था एक थियो भुले हरिपले टोड्का दुला खन्दछन्
हाम्रो यो घरमाअलच्छिन पस्यो मान्छे यही भन्दछ्न् ।

के गर्दा शुभ हुन्छ यो मुलुकमा चाँडो बताओ सब
यी ढाडे र मुसा भए अधिक हा ! के हुन्छ मार्दा अब ?
कामै छैन बिगार मात्र यिनले गर्छन् र बस्छ्न् घर
यी हुन्जेल हुँदैन सभ्य घर यो हट्दैन कालो डर ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x