साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो घर कसको ?

गुण्डै गुण्डा बिचमा बस्छ ढुक्क सितमा धेरै स्वास्नी राख्छ त्यो दिउसै रात पार्छ त्यो । यो घर कस्को लालेको घर चाहिँ राम्रो सालेको बुद्धिमा बिर्को लाएको युद्ध जित्दै आएको ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

यो घर कस्को लालेको
भित्र बाहिर टालेको
पक्की छानु हालेको
फोहोर उठाइ फालेको ।१।

मैन बत्ती बालेको
बारीका रुख ढालेको
हाँङ्गा बिङ्गा बालेको
फलफूल बिरुवा पालेको ।२।

फूल केही फुलेका
मौरी आई डुलेका
इष्ट मित्र ठूलेका
रमाइ रमाइ भुलेका ।३।

यो घर कस्को लालेको
देशमा पक्कड डालेको
शासन सत्ता उसैको
रासमा सुत्छ घुसैको ।
त्रास उस्लाई हुदैन
कानूनले छुदैन
घरभाडामा लगाउछ
हाकिमलाई सगाउछ ।४।

गुण्डै गुण्डा बिचमा
बस्छ ढुक्क सितमा
धेरै स्वास्नी राख्छ त्यो
दिउसै रात पार्छ त्यो ।५।

यो घर कस्को लालेको
घर चाहिँ राम्रो सालेको
बुद्धिमा बिर्को लाएको
युद्ध जित्दै आएको ।६।

०००
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x