साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओ, पुच्छर हल्लाउने दासहरू !!

जहाँ उनीहरू उभिनलायक छन् उभ्याउनलायक छन् म पाउलाई शिर ठान्दिनँ र शिरलाई पाउ म म नै हूँ र त म छु तिमी तिमी नै हौ र त तिमीसँग भ्रष्ट नेताहरू छन् ।

Nepal Telecom ad

कलानिधि दाहाल :

प्रलोभनका नामले
अँगारमा
स्फटिक देख तिमी
चेतनभिखारीको
भीड जम्मा गरेर
तिमी हात कमाउँदै
मञ्चमा
डलर आह्वान गरिरहुँ
त्यो तिम्रो महानता हो
म अँगारमा
भिख माग्दै गरेको
एउटा कथित
राष्ट्र कविको
छाया मात्र देख्छु
तिमी स्फटिकलाई
हिलोमा मुछेर
देशको कुरा गरिरहुँ
त्यो तिम्रो
वेतलौरीको मिजास हो
म त्यसमा
सीमा कोरेर दिनरात
रातोदिन
जनहड्डीको रस चुस्दै गरेका
स्वघोषित राष्ट्रवादी
जलगैँडे नेताहरू
थलगैँडे कर्मचारीका
काला अनुहारहरू मात्र देख्छु
पेन्सनपट्टाको भोकले
तिमी भक्तिको
बाँसुरी बजी रहु
म त्यसमा
मात्र दासताको
पिलन्धरे बाँच्नै नपरेर
लड्खडाएको अनुहार देख्छु
तिमी
चिप्ले किराको भाषामा
वाह ! वाह !! कमाएर
भ्यागुतालाई
तारा ठानिराख
म झुसिल्किराको
जगर फैलाएर
धारे हात खाइरहन्छु
र तारालाई
तारा नै भन्छु
भ्यागुतालाई
कुवा नै भन्छु
भतुवालाई
भातमारा
र ताण्डव तन्केका
तिम्रा शिरशोभित
नेता
कर्मचारी
यिनकै चाकडीका पुच्छर पक्रेर
कवि बन्ने
कविलाई
भाषाविद् बन्ने
भाषाविद्लाई
डलर छरेर
एकछिन् ताली खोज्ने
तालीकारलाई
म त्यही दर्जामा
हिलोको हात
खुट्टाभन्दा मुनि
पाइतालाभन्दा निकै तल
सतहको स्पेस मात्र दिन्छु
जहाँ उनीहरू उभिनलायक छन्
उभ्याउनलायक छन्
म पाउलाई
शिर ठान्दिनँ
र शिरलाई पाउ

म नै हूँ
र त म छु
तिमी
तिमी नै हौ
र त तिमीसँग
भ्रष्ट नेताहरू छन्
चम्चा पक्रेका
कविहरू छन्
पगरी गुताउने दास
पुच्छर हल्लाउँने
चम्चा भासहरू छन् !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x