साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेलामा भएको झमेला

आज गोजीमा दम हुनूपर्छ अक्सिजन पनि पाइन्छ रूख रोपेर वृक्ष लगाऊ जीवन बचाऊ भन्ने कुरा पनि मजस्तो लुतो लागेको मान्छेको लागि मात्रै हो । धनी अनि पैसा हुनेलाई एसी छ कुलर छ नभए फेन त छ ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

मर्नु भनेपछि मलाई साँच्चै डर लाग्छ । जन्म लिँदा पनि उस्तै डराएको थिएँ अरे । अब आज मृत्यु अनि जन्मको बिचको खेलालाई मेलामा भएको झमेला नै त भन्नू पर्ला… !
कत्रो पुण्य गरेर पाएको जीवनचक्र भन्छन् मान्छे… मान्छे हुनू पनि कम साह्रो छ ! एकछिन उभिएर सोच्नु त, मान्छे भएपछि कति लफडा छ । झमेला झमेलाको बिचमा लागेको मेलाजस्तै छैन र भन्या… ?
सानो छँदा बाउआमालाई मर्छ कि भन्ने डर… ठूलो भएपछि आमा बाउलाई मार्छ कि भन्ने डर… त्रास नै त्रासले भरिएको जीवनचक्र पनि कम डरछेरुवा छैन ।

नानी जन्म लिँदा दूध खान्छ कि खाँदैन डर… हस्पिटलबाट निकाल्दा गोजीमा भएको पैसाले पुग्छ कि पुग्दैन भन्ने डर … घर पुगेपछि फेरि बिमारी हुन्छ कि भन्ने डर… एकदुई सालको भएपछि लड्ने हो कि मर्ने हो भन्ने डर… त्यसपछि आजकल झरीच्याउजस्तै उम्रेको बोडिङ्ग स्कूलमा एडमिसन खर्च पुग्छ कि पुग्दैन भन्ने डर… अबुई कुरा नगर्नु ती माथि नानीले बोक्न नसक्ने खाता किताब, जुत्ता, ब्याग आदि इत्यादि किन्नु सकिन्छ कि सकिँदैन अलग नै डर… त्रास छ हजुर यो मेलामा झमेला पर्दा त… खरानी घसेर साधु बाबा हुन्छु कि जस्तो लाग्छ । फेरि यत्रो जिन्दगी भर कमाएको अलिअलि इज्जत कता अलिकति आएको टेन्सनमा मिल्काउनु भनेर यसो घरपरिवारको अनुहार हेरेपछि ठ्याक्कै बाँदरको अनुहार हेर्दा लाग्ने दयामायाजस्तै लागेर आउँछ । कम टेन्सन छ यहाँ बाँच्नु पनि.. !

फेरि यसो सम्झना आउँछ घरमा महिनाभरिको दाल, चामल, साग, सब्जी अबुई नभन्नु आजकल दाम बढेको देख्दा त नी बर्खामा यति साह्रो खोला पनि बढेको हुँदैन होला । महंगाई भनेको खरायो जस्तो कुदेको छ दैनिकी हाजिरा भने कछुवा जस्तै हिँडेको छ । एकदिन नागा बसे घर परिवारको पेटमा सारङ्गी बज्छ । हे प्रभु हे दिनानाथ… के गरौँ गरौँ हुन्छ ।

यसो हाट बजारमा उभिएर मान्छेले किन्दै गरेको सामान देख्दा कहाँबाट कमाउँछन जस्तो लाग्छ… ती माथि आकाश छुने बिल्डिङ्ग देख्दा यत्रो पैसा कमाउनु के गर्नुपर्छ जस्तो लाग्छ । प्रत्येकको घरमा गाडी देख्दा बैंकले कति लोन दिनसकेको हो जस्तो लाग्छ । आफ्नो त मुटु, कलेजो, आन्द्रा भुँडी बेच्दा पनि एक खिली बिँडी आउँदैनजस्तो लाग्छ ।

कसलाई वरिपरि छ कसैलाई मरिमरि छ । होइन यो पैसा भन्ने कुरा चैँ भाग्यमा नै लेखेर आउनुपर्छ कि क्या हो ! आफ्नो त चुहुने दुलो धेरै भएर होला जता पुगे पनि खर्च मात्रै हुन्छ त… ।
कि सबैलाई पुगीसरी छ… फेरि आफ्नो छेउमा आएर हात फैलाउँदै पाँच रुपियाँ दे दो ना भाइ भन्दा चैँ आफूलाई पनि अलिअलि धनी छु कि जस्तो पो लाग्छ ! कोहीकोही बेला त माग्नेलाई मेरो पनि यस्तै हालत छ भनेर भनिदिन्छु म त ।

बजार बिचमा अनेकौं दोकान देख्दा यो पनि किनेर लानु छ त्यो पनि किनेर लानु छ भनेर सोच्नुपर्छ । फेरि गोजी छाम्नु मात्रै पर्छ कि मुसा कुदेर हत्तु पर्लाजस्तो हुन्छ । साँच्चै एउटा कुरा भनौँ यो मिडिल क्लास भएर बाँच्नु भन्दा त अति नै गरीब भएर बाँच्नु नै ठिक छ जस्तो पो लाग्छ कम से कम हात फैलाएर माग्नु त सकिन्छ । मिडिल क्लास भएपछि न माग्नु मिल्छ न कसैले ऋण नै दिनु खोज्छ ।

दोकानमा पुग्नुपर्छ दोकानेले लाल खाता निकालेर अब किड्नी नै माग्छ कि जस्तो गरेर हेर्छ । महिना मरेपछि दिन्छु है भाइ भनेर के भन्नू पर्छ लिच्ची जस्तो रातो आँखाले जिन्दगीमा महिना नै मर्दैन कि जस्तो गरेर हेर्छ । यो जिन्दगीको मेलामा धेरै झमेला नै छ जस्तो लाग्छ ।

कतिकति खेर त नि खरानी दलेर हिँड्ने मान्छे नै मभन्दा खुसी छ कि जस्तो लाग्छ । कम से कम आफ्नो भविष्य खरानीमा रूलमुले पनि अरूको हात हेरेर भविष्यमा बाँच्ने आश्वासन त दिन पाइन्छ । एकसयको एकसय भविष्यवाणी नमिले पनि नब्बे प्रतिशत भविष्य बताउनु सके पनि जयजयकार नै हुन्छ ।

आफू बेकारी भएर नेताको पछि कुदेर पनि जीविका चलाउने हाम्रो नेताज्यू देख्दा कहिलेकाहीँ त नेता भइदिउँ कि जस्तो लाग्छ । तर बिचारा पढेर पनि नेताको शरण लिएर लास्टमा प्रमाणपत्र नै थन्क्याएर झण्डा समाातेपछि उसले नै नयाँ बेकारी भाइ बहिनीलाई फेरि उस्तै आश्वासनमा भोट जितेपछि नोकरी पक्का भनेर एउटै प्रकारको आश्वासन दिने खेला आउँदैन र मात्रै नभए त जिन्दगीमा कुटकुट भरेको छ नि नेताज्यू हुने सपना मेरोमा पनि… ।

सपना पनि के के देख्नु हौ कहिले पूरा नहुने सपनाको घरहरू भत्किन्दै गएपछि जिन्दगीमा मेला पनि झमेलाजस्तै हो ।
यता सोच्नुपर्छ उता भत्किन्छ उता सोच्नुपर्छ यता भत्किन्छ कहिलेकाहीँ त पहाडमा गएको पहिरो पनि सजिलै जान्छ जस्तो लाग्छ । तर जिन्दगीमा गएको पहिरोले नै मान्छेलाई हरिकंगाल नै बनाउँछ ।

पापी पेट पनि कति बढेकोजस्तो लाग्छ । यही पेटको लागि फूटबलजस्तै घरि यताबाट उता… उताबाट यता हुँदाहुँदै जिन्दगी पनि लौकाजस्तो झुन्डिने मात्रै भयो । जिन्दगी परित्याग हो भनेर परिभाषा लेख्नेलाई जिन्दगी एक एक कागजको टुक्रा हो जसको नाम पैसा हो भनेर भन्नू मन छ । जब जिन्दगी चलाउनु पैसाले पुग्दैन नि, तब म जस्ता हावाकार, साहित्यकार, वैज्ञानिकले परिवारको पेट सोच्नु बाध्य हुन्छ ।

यहाँ हुनेको जयजयकार छ नहुनेलाई त हाहाकार छ । हुनेलाई पुगीसरी छ नहुनेलाई त ठगीसरह छ । नेताको भर गरौँ त नेता नै भिखारी लाग्छ । अफिसरको भएर गरौँ त अनुहार नै चोरजस्तो लाग्छ । खै यो मिडिल क्लासको भर कसको छ जस्तो लाग्छ ।

आज गोजीमा दम हुनूपर्छ अक्सिजन पनि पाइन्छ रूख रोपेर वृक्ष लगाऊ जीवन बचाऊ भन्ने कुरा पनि मजस्तो लुतो लागेको मान्छेको लागि मात्रै हो । धनी अनि पैसा हुनेलाई एसी छ कुलर छ नभए फेन त छ । जेहोस्, यो जिन्दगीको मेलामा सब भए पनि पैसा नभएपछि जिन्दगी मेला मात्रै होइन झमेला पनि छ ।

०००
सिलगढी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x