साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालो काग

मेरो कर्तव्य पथलाई अल्मल्याउँदै मेरो जीवनको सेतो पर्दामा कालो दाग खोज्दै मेरो स्वावलम्वी उत्पादनमा अनपेक्षित भाग खोज्दै एउटा कालो काग क्याँ क्याँ गरेर कराइरह्यो ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

बकैनाको ठुटामा
कालो काग धेरै बेर क्याँ क्याँ गरिरह्यो
मेरा उच्छिष्ट रक्षानप्रति
मन्टो बटारीबटारी हेरेर
मेरा समयका बिस्कुनहरुमा
मौका मिलाई मिलाई छेरेर
मैले स्वाभिमानसाथ जोगाएको
इतिहासको अपमान गरेर
एउटा कालो काग धेरै बेर क्याँ क्याँ कराइरह्यो ।

काग जोडजोडसँगले काग भन्छ
म जोडजोडसँग भाग ! भन्छु
उस्ले मेरो दाग खोजिरहेछ
म उस्लाई अन्तै लाग भन्छु
ऊ मेरोमा के खोजिरहेछ
मलाई त्यो थाहा छैन
कतै अपमानको बीउ खोजिरहेछ
कि बित्थामा निउँ खोजिरहेछ
आज एका बिहानै
मेरो घर छेउको
बकैनाको ठुटामा
कालो काग धेरै बेर क्याँ क्याँ गरिरह्यो ।

कागसँग मेरो केही साइनो पनि थिएन
उसलाई मैले बस्न नदिएको पनि होइन
तर मेरो शान्तिलाई खल्बल्याउँदै
मेरो कर्तव्य पथलाई अल्मल्याउँदै
मेरो जीवनको सेतो पर्दामा
कालो दाग खोज्दै
मेरो स्वावलम्वी उत्पादनमा
अनपेक्षित भाग खोज्दै
एउटा कालो काग क्याँ क्याँ गरेर कराइरह्यो ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x