मुक्तिनाथ शर्मात्यसै गर्ने होला
सुरु गर दादाहरू हामी पूरा गर्छौ भाइहरू यसो भन्छन् त्यसै गर्ने होला । खडेरी र भारी वर्षा यहा हुने गर्छन् मान्छे मात्र हैन सारा प्राणी दुःखमा छन् ।

मुक्तिनाथ शर्मा :
बिजुलीको कमी छैन खोलामा छ पानी
लिफ्ट गरी हिमालमा लानि हो कि तानी ।
त्यसो गरे खडेरीको मार पर्ने छैन
यस्तो कुरा गर्ने गर्छिन् हाम्री सानी नानी ।
हिमालमा कृत्रिम बर्षा गर्न सकिएला
बारै महिना हिमालय ढाकिने छ होला ।
सुरु गर दादाहरू हामी पूरा गर्छौ
भाइहरू यसो भन्छन् त्यसै गर्ने होला ।
खडेरी र भारी वर्षा यहा हुने गर्छन्
मान्छे मात्र हैन सारा प्राणी दुःखमा छन्
स्रोत भारी हुदा पनि किन दुःख काट्ने
बुद्धिजिवी पनि यस्ता कुरा गर्ने गर्छन् ।
०००
बानेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































