साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आनन्द देऊ तिमी

नाफाखोरी दलाली अबुझ शठहरू चोरी शिकारी गमी भ्रष्टाचारी हरामी दलपति खलमा चौदण्द देऊ तिमी आलाकाँचा गुलामी नर असुर हली माफी मगाऊ तिमी थोत्रमोत्रा सलामी चलन दलनमा हर्रो हगाऊ तिमी ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

बढ्दो गर्मी अझै यो अवनि तल जहाँ जो काल जस्तो जिमी
पोल्दै गर्दा बितायो हलचल नहुने आकाश गर्जे दुमी
हाहाकारै बनायो सबतिर अमिलो बग्दैछ तातो नमी
आऊ वर्षा खुशीले चहलपहल भै आनन्द देऊ तिमी ।१

बालीनाली सुकेका वरपर सब छन् खट्किन्छ तिम्रो कमी
वर्षा लाग्दा गरा यी जलथल नहुदा हेर्दैछ माटो जमी
बेला हो यो धरामा लतपत जलले आषाढको मौसमी
आऊ झट्टै फदाल्दै गणपति अहिले आनन्द देऊ तिमी ।२

बाख्रा पाठा र भेंडा चरिचरन पुगे दौडेर जाऊ तिमी
गाई भैंसी र पाडा तृषित हुनपुगे जानेर देऊ तिमी
मान्छे तड्पे यहाँका सकल मुलुकका हेरेर जाऊ चुमी
के हो चाला रडाको छल र कपट झैं आनन्द देऊ तिमी ।३

सोझा निर्धा धराका कृषक पहलमा पारेर पानी सुमी
बोडी लौका तनामा झररर जलको धारो लगाऊ तिमी
फौजी लार्भा मकैका तरह तरहका मारेर जाऊ तिमी
प्राणी पाल्ने छ जिम्मा अभर हृदय भो आनन्द देऊ तिमी ।४

मुस्लो हावा यताको झटपट चिसिने हर्षाश्रु बन्दा तिमी
कालो मैलो रडाको गगन मलिनता हट्ला खुसाए तिमी
बढ्लान् खोला नदी यी जलद भरिन गै आमा हँसाऊ तिमी
मुठ्ठी खोल्द्यौ विधाता पशुधन कहरमा आनन्द देऊ तिमी ।५

नाफाखोरी दलाली अबुझ शठहरू चोरी शिकारी गमी
भ्रष्टाचारी हरामी दलपति खलमा चौदण्द देऊ तिमी
आलाकाँचा गुलामी नर असुर हली माफी मगाऊ तिमी
थोत्रमोत्रा सलामी चलन दलनमा हर्रो हगाऊ तिमी ।६

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x