साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ती हैनन् कविता

ती हैनन् कविता जहाँ मुलुकका आवाज नै बन्द छन् ती हैनन् कविता जहाँ कलमका जारी सधैंँ द्वन्द छन् । नौलो भाव छचल्किए यदि भने पोखेर लालित्यमा ती बन्छन् कविता जहाँ कविकला बाँच्नेछ साहित्यमा ॥

Nepal Telecom ad

उत्तम विचार :

ती हैनन् कविता समाज जसले लेख्नै सकेनन् भने
मान्छेका व्यवधान ती नजरले देख्दै देखेनन् भने ।
लेखेनौं घटना समाज घरका बस्छौ त्यसै सिर्जन
मात्रै हुन् गफ ती चिया पसलका हैनन् कुनै चिन्तन ॥१।

ती हुन्नन् कविता थुँगा कुसुमका उन्दा खिपी हारमा
गाली वा अपशब्द ठान्नु कविता मुर्ख्याइँ हो सारमा ।
लाग्दा भोक मिलोस् अनाज कविका साहित्यमा प्यास होस्
यस्तो होस् कविता सुनेर मनमा आनन्दको बास होस् ॥२।

ती हैनन् कविता विनावजनका जस्तै उठाए पनि
ती हैनन् कविता विचार नभरी सन्धान छाए पनि ।
पर्दाभित्र हुने कुकृत्य कविले जो प्रष्ट देखे भने
ती बन्छन् कविता कवि कलमले नेपाल लेखे भने ॥३।

ती हैनन् कविता जहाँ सडकका हुन्नन दुखेका कथा
ती हैनन् कविता जहाँ सदनका हुन्नन् लुकेका कथा ।
भाषा भेष भुलेर हुन्न कवि त्यो कर्तव्य नै बिर्सने
ती बन्छन् कविता जहाँ पथिकका पीडाहरू छन् भने ॥४।

ती हैनन् कविता जहाँ मुलुकका आवाज नै बन्द छन्
ती हैनन् कविता जहाँ कलमका जारी सधैंँ द्वन्द छन् ।
नौलो भाव छचल्किए यदि भने पोखेर लालित्यमा
ती बन्छन् कविता जहाँ कविकला बाँच्नेछ साहित्यमा ॥५।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x