साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आनुपातिक समानता !!

यता जुध्नेसँग मात्र जुध्नुका अंश शेष रहेकाले छैनन् होइन छन् यता पनि घुसका अवशेष छँदै छन् व्यभिचारका शेष छँदै छन् अविश्वासका बिस्कुन् भएर पनि घरआँगनको आगमनसँग खेल्दैनन् यिनीहरू ।

Nepal Telecom ad

कलानिधि दाहाल :

भेडाहरू
पहाडमा बग्रेल्ती चरेका छन्
उकाला उस्तै हुन्
ओराला उस्तै हुन्
अप्ठेरा पनि उस्तै हुन्
फरक मात्र
-विचारमा
-व्यवहारमा
-राजनीतिमा
-मनोविज्ञानमा
त्यता छुद्रता छ ज्यादा
असहिष्णुता छ ज्यादा
अहङ्कार छ ज्यादा
अपवादमा यता
उदारता छ बढी
समन्वयात्मक सोच छ बढी
लचकता छ बढी
विनय पनि
विजयको दरो हतियार हो
-विनास्वार्थको
-विनाप्रलोभनको
-विनादम्भको
घोडासँग घोडा जुध्नु
आश्चर्य नमानौँ दुनियाँमा
बाख्रोसँग जुध्छ भने
फट्याङ्ग्रोसँग मस्तक जोर्छ भने
भुसुनोमाथि पछारिन खोज्छ भने
त्यो नै सर्वनाशक
-सर्वसंहारक
-सर्वविध्वँसात्मक
-सर्वअहितार्थक
तल्लो तह
जहाँ आँखो छैन चेतनाको
खुट्टा छैनन् अक्षरका
भाव छैनन् व्यन्जनका
भतेर छैनन् तर्कशक्तिका
शिल्प खान्छ शासक
अक्षर निकाल्छ कर्मचारी
भाव थुत्छ मन्त्री
आकार उही हुन्
अनुभव उस्तै छन्
रङ् भिन्न छैनन्
मात्र ढङ्गका अन्तरले
म दिन दुगुना
रात चौगुना
अँधेरो ओच्छिन्छु
अभाव उभिन्छु
फितलो लर्बरिन्छु
गरिबी खाल्डो हुत्तिन्छु
ऊ जुधे पनि
घोडा घोडैसँग जुध्छ
खाए पनि अर्ना
अर्नाकै भाग थुत्छ
चितुवा चिथोरिन्छ
चितुवैसँग
फरक यत्ति हो
म सत्ता चढेर
सिँहको स्वाङ्मा
मृग चिथोर्छु
अर्नाका स्वाङ्मा
शावक कुल्चन्छु
र हात्तीका स्वाङ्मा
जुरेली सूँढले हुत्त्याउँछु
यसर्थ
मेरो डाँडामाथिको
बादल पनि
सेतो छैन
घरगाउँको मादल पनि
खरी खुस्केर
थ्यार्र थ्यार्र
लयविहीन भएको छ
यता जुध्नेसँग मात्र
जुध्नुका अँश शेष रहेकाले
छैनन् होइन
छन् यता पनि
घुसका अवशेष छँदै छन्
व्यभिचारका शेष छँदै छन्
अविश्वासका बिस्कुन् भएर पनि
घरआँगनको आगमनसँग
खेल्दैनन् यिनीहरू
जरायाखरायासँग
जुध्दैनन् यिनीहरू
बस्तीमा समानता छ
विषम भिडन्त हुन्न यता
सम भिडन्तमा
खज्मजिन्न रहेछ
-आस्थाको आकार
-उजेलोको प्रकार
-भावको स्वीकार
र अभावको दुत्कार !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x